2026 January 17/ 04:17: 19pm

ई.अच्युत अधिकारी 
            २०६२/०६३ सालको ऐतिहासिक जन–आन्दोलनपछि २०७२ मा नेपालको संविधान जारी भई राज्यको पुर्नसंरचना पश्चात २०७४ मा पहिलो पालिकाहरुको चुनाव हुनु भन्दा अघिको अवधि र सो पश्चात हालसम्मको अवधिलाई आधार मानेर सडक यातायातको नयाँ पहँुच, विस्तार र विकासको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । पहिलो अवधिमा जिल्लाका भौगोलिक रुपमा विकट रोशी तथा महाभारत श्रृंखला क्षेत्रमा रहेका गाविस तथा वस्तीहरु सडक सञ्जालमा जोडिनेक्रम उल्लेख्य रुपमा विस्तार तथा निर्माण भएको पाइन्छ । अघिल्लो चरण २०५६ देखि २०६० मा जिविस को च्ऋक्ष्ध् कार्यक्रमबाट डाँडापारी क्षेत्रमा बनखु घर्तिछाप गोकुले डाँडागाँउ तालढुङ्गा (साल्मेचाकल) साल्धारा बोराङ (मिल्चे) सम्म मानिसद्वारा सडक खन्न शुरु गरिएको थियो । यद्यपि यो सडक एउटा रेखाङ्कनको शुरुवात थियो, मोटर गुड्ने सडकको ट्रयाक बनाउन सकिएको थिएन, कुनै कुनै खण्डमा ट्रयाक्टर चल्ने गरेको थियो । यो कार्यक्रमले स्थानीयहरुलाई रोजगार तथा ठूलो परिमाणमा खाद्यान्न सहयोग भएको थियो ।
            २०५९ सालमा हुनपर्ने स्थानीय निकायको चुनाव नहुँदा सबै गाविस र जिल्ला विकास समिति जनप्रतिनिधि विहिन भएको अबस्था, तत्कालीन राजाबाट देशको शासन आफ्नो हातमा लिएको अवस्था र विद्रोहीहरुको सशस्त्र द्वन्द्व उत्कर्ष पुगेको अवस्थामा आर्थिक बर्ष २०५९÷०६० देखि आ.व. २०६२÷०६३ को अन्तसम्म जिल्लामा विकासको गती करिब–करिब रोकिएको जत्तिकै थियो । सदरमुकाम नजिक क्षेत्रहरुमा मात्र केहि विकास पूर्वाधारका कामहरु हुने गरेको थियो । सडक पूर्वाधारका कामहरु धीमा गतिले मर्मत तथा सुधार हुँदै थियो । जिल्लाका दुर्गम क्षेत्रहरु सडक सञ्जालमा जोडीन सकेको थिएन । वि.पी. राजमार्गको धुलिखेल नेपालथोक सडक खण्ड (५० कि मी) निर्माण करिब सम्पन्न भएको थियो । उक्त सडक खण्डमा पर्ने दाप्चाखोला पहिलो, दाप्चाखोला दोश्रो, नार्केखोला, पिन्थली खोलामा पक्की पुल निर्माण भइसकेको थियो । २०८१ साल असोजको दोश्रो हप्तामा परेको अबिरल मनसुनबाट आएको बाढीबाट थानसिंबेशी रोशीखोलाको पक्कीपुल पूर्णरुपमा ध्वस्त भएको थियो । साथै विपि राजमार्गको विभिन्न खण्डहरु गरेर झण्डै ६ किमी सडक ध्वस्त भएको थियो । 
            २०६३ साल अगावै जापान सरकारको सहयोगमा वि.पी. राजमार्गसँग जोडिनको लागि कटुञ्जे सिपाली सडक खण्डमा पर्न थानसिंबेशी रोशी खोलामा र माम्ती तित्रेटार सडक खण्डमा पर्ने माम्ती रोशी खोलामा पक्कीपुल निर्माणको लागि शुरुवात भएको थियो । गाविसहरुको आफ्नो बजेट (फ्रीज नभई जम्मा भएर बसेकोे), विपी राजमार्ग खुलेपछि ढुंगा बालुवा गिटी जस्ता निर्माण सामाग्रीको व्यापक निकासी भएर जिल्ला विकास समितिको आन्तरिक श्रोत उलेख्य रुपमा बढ्न थालेको र नयाँ राजनीतिक परिवेशले जनसमुदायमा उत्साह र सहजता भएको कारणले धेरै ठाँउबाट नयाँ सडकको ट्रयाक खोल्ने कामको शुरुवात भयो ।
खासगरी विकट वस्तीहरु विपी राजमार्गमा जोडिने क्रम बढ्न थाल्यो । यस चरणको पहिलो अवधिमा रोशी तथा तिमाल क्षेत्रका सडकहरु कालढुंगा करमडाँडा भिमखोरी, कालढुंगा बाल्टिङ, पिप्ले देउराली जुकेपानी भिमखोरी, माम्ती केराबारी, माम्ती तित्रेटार, चीउरीबास कातिके मंगलटार डाँडाखर्क, पिन्थली रजवास वाल्टिङ, नार्केदोभान मच्छेगाँउ, मंगलटार काल्धार मेटुवाल कुरुवास चापाखोरी, नेपालथोक चोपाटार मुक्पाटार, तिनपिप्ले गिम्दीबेशी नारायणस्थान, मेच्छे भोज्र्याङबेशी कालढुङ्गा, काल्ढुङ्गा भैसे छहरे भदौरे देउराली, माम्ती हर्कपुर शिखरपुर, जुकेपानी केराघारी शिखरपुर घ्याङलेक खानीखर्क, कालढुङ्गा भैसे खोलाघारी तारे चैतेपानी, काल्ढुङ्गा भैसे मेन्दुपा मेर्पा जुकेपानी, कटुञ्जे लास्कोट खार्पाचोक, पोटादोभान लुर्पङ शिसाखानी, पोटादोभान शनीखोला शिखरआम्बोटे, शनिदोभान लिम्बाबेशी महादेवटार, शिखर आम्बोटे भदौरे साँझाकोट, बल्थली महांकालचौर खहरेपाँगु, दाहालभञ्ज्याङ मेधांशु फलामेसाँघु पचुवारघाट चैथली सरमथली,चापाखोरी धुल्खु, काकलीङ छाप ठूलोपर्सेल, आदि सडकहरुको ट्रयाक खोल्ने काम भयो । 
           यी सडकहरुसँग जोडिदैँ महाभारत श्रृंखला दक्षिण (डाँडापारी क्षेत्र) हरुमा क्रमशः सडक विस्तार हुनथाल्यो । सिपाली चौकीडाँडा बुढाखानी, चौकीडाँडा गोठडाँडा महादेवटार, पिन्थली रजबास भूमेचुली कलबाङ चारकिल्ला, दाउन्ने मंगलटार डाँडाखर्क पोखरी बुढाखानी, लास्कोट खार्पाचोक सुगुरे चौकीडाँडा, साँझकोट निगाले ताराखसेलेक, चौकीडाँडा मेलुङ सर्तुङ महादेवटार, चौकीडाँडा बुढाखानी बाह्रविसे साल्मे मजुवा किल्ला, सोलाभञ्ज्याङ कलवान चारकील्ला रागेभञ्ज्याङ तीनखुट्टे, च्याल्टी दयागाँउ फलामेटार, मिल्चे महांकाल साल्धारा ताल्ढुंगा जग्थली धाप गोकुले घर्तीछाप बनखु, भिमखोरी जुकेपानी रामपुर (सिन्धुली), रामपुर राङचाखोला आहाले बाँसपुर बनखु, देवीटार घर्तिछाप सोलाभञ्ज्याङ गोकुले धाप छोटेशान सडकहरुको ट्रयाक खोलिएको थियो । 
             यसैगरी कोशीपारी क्षेत्रमा चेहरे रिट्ठे ठाडोकोड्का भिमसेनस्थान, दोलालघाट सिलामेभिर सापिङ, सापिङ अर्खाैले काभ्रे सिम्थली, रिट्ठे साहिछाप सिम्पाल सिम्थली, लौरेदेउराली ठुलोबाङथली नाग्रे दुती, लौरेदेउराली बाक्ते सिम्थली, लौरेदेउराली बेखसिम्ले, लौरेदेउराली वाफल (सिन्धुपाल्चोक), छेडा धुसेनी माझीफेदा विला लखनपुर,  दोलालघाट तिमालबेशी, सल्ले दुनगाँउ गोठपानी, कोलाँती मुलाबारी सुँगुरे ढाँडखर्क, कोलाँती विर्तादेउराली गोठपानी कात्तिके देउराली, मादनकुडाँरी बाँधबेशी, कात्तिकेदेउराली लोकील पचुवारघाट, विर्तादेउराली आहाला कात्तिके देउराली, मादनकुडाँरी दोभानटार, पोखरीचौरी बालु चौरीखोला, कात्तीकेदेउराली ज्यामिरे बोक्से चांैरीखोला, पोखरीचांैरी राम्चे चांैरीखोला, चौबास कोडका सिम्थली, खहरेघाट विर्तादेराली आदि सडकहरुको ट्रयाक खोलिएको थियो । देउपुर क्षेत्रमा नगरकोट कात्तीके भञ्ज्याङ चुरीथुम्का, बालुवापाटी चुरीथुम्का, गैह्रिविसौना नयाँगाँउ, अनेकोट नयाँगाउँ, चण्डेनी जोगीटार, दोलालघाट ज्याम्दी बागदेबी र अन्य सडकहरु फुलबारी लकाइने सालथुम्की, रयाले बुढापोखरी रानीकोट सूर्यविनायक, मानेदोभान लाँकुरीभञ्ज्याङ सडकहरु सुधार तथा विस्तार भएको थियो ।
             यस चरणको पहिलो कार्यकालमा (२०६५–२०७०)तत्कालीन प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्यहरु क्रमशः सूर्यमान दोङ, अक्कल बहादुर थिङ, कृष्णप्रसाद सापकोटा र तेजबहादुर मिजारबाट आ–आफ्नो क्षेत्रमा उहाँहरुको पहल र मूख्य राजनितीक पार्टीहरु नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य पार्टीहरुमा रहेका नेतृत्वको समन्वयमा, दोश्रो कार्यकालमा (२०७०–२०७४) संविधान सभासदस्यहरु तिर्थ लामा, रामहरी सुवेदी, कञ्चनचन्द्र वादे र विदुर सापकोटाको विशेष पहल र मूख्य राजनितीक पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत राजनितीक नेतृत्वको समन्वयमा सडक पूर्वाधार विकासले गती लिएको थियो । प्रायः सबै सडकहरु सर्वदलीय उपभोक्ता समिती मार्फत मेशीन (एक्साभेटर, डिचर, लोडर, ब्याक हु आदि) को प्रयोग गरीे ट्रयाक खोल्ने काम भएको थियो ।
           जिल्ला विकास समितीको आन्तरिक कोष, गाविस अनुदान, निर्वाचन क्षेत्र विकास कार्यक्रम, सभासद्हरुको पहलमा स्थानीय विकास मन्त्रालय, डोलीडारको विशेष बजेटबाट सडकको ट्रयाक खोल्ने काम भएको थियो भने डोलीडारको स्थानीय निर्माण आयोजना, जिल्ला सडक सहयोग कायक्रम, सडक विभागको बजेटबाट स्तरोन्नती गर्नेकाम भएको थियो । यो चरणमा आ.ब. २०६५÷०६६ मा एशीयन विकास बंैकको सहयोगमा डोलीडार अन्तर्गत ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना क्षेत्र विकास कार्यक्रम
Rural Reconstruction and Rehabilitation Sector Development Program (RRRSDP) स्थापना भई जिविस/आयोजना कार्यान्वयन इकाईले तत्कालीन खोपासी तालढुंगा सिक्रेदोभान सडकको विभिन्न खण्डमा अधुरो रहेको ट्रयाक खोल्ने काम तथा सडक संरचनाहरु ठेकेदार मार्फत कार्यान्वयन गरिएको थियो । तत्कालीन समयको एउटा उल्लेख्य बजेटको कार्यक्रम जिल्लामा सडक पूर्वाधारको विकासका लागि खर्च भई रोजगार श्रृजनामा महत्वपूर्ण भूमिका खेलेको थियो । 
          यसैगरी जिविसबाट राजनितीक दल संयन्त्रको समन्वयमा आ.ब. २०६७/०६८ सालमा पुनः दोश्रो जिल्ला सडक गुरुयोजना
District Transportation Master Plan (DTMP)  दोश्रो संस्करण तयार गरिएको थियो । सो अनुसार जिल्लाका राजमार्गहरु, रणनीतिक महत्वका क्षेत्रीय सडकहरु, पर्यटन तथा कृषि सडकहरु, तत्कालीन सडक सञ्जालमा जोडिन बाँकी रहेका गाविसहरुलाई मध्यनजर गरी नयाँ ट्रयाक खोल्नपर्ने सडकहरु आदिलाई प्राथमिकताको आधारमा र श्रोतसाधनको उपलब्धतालाई दृष्टिगत गरी विभिन्न सडकहरुको वर्गीकरण गरिएको थियो । सोही आधारमा सडक विभाग, डोलीडार तथा जिविसबाट बजेट विनियोेजन गर्न शुरु गरिएको थियो ।
             यसका साथै यातायात सञ्चालनमा आएका सडकहरुको स्तरोन्नती पनि सँगसगै हुदै गएको थियो । शुरुमा सडक विभागबाट लामीडाँडा पलाञ्चोक सडक (२०६३ अगावै) कालोपत्रे गरिएको थियो, पछि सडक फराकिलो गरी पुनःस्तरवृद्धि गरी कालोपत्रे गरियो । मेलम्ची खानेपानी विकास समितिको फिल्ड जानको लागि जिरोकिलो कुन्तावेशी हिगुपाटी सिपाघाट सडकलाई फराकिलो पार्नेकाम (मु–अब्जा समेत वितरण गरी) र स्तर वृद्धि गरी कालोपत्रे गर्न शुरु गरियो । यसैगरी सडक विभागबाट मानेदोभान रयाले कुशादेवी पनौती शारदाबतासे दाहालटार सडक तथा काभ्रेभञ्ज्याङ्ग फस्कोट फुलबारी सम्म कालोपत्रे गरिदै थियो । बनेपा, धुलीखेल र पनौती नगरपालिकाले आफ्नो नगरभित्रका ससाना शहरी सडकहरुमा कालोपत्रे गर्नेकाम हुदै थियो ।
             यो अवधिमा बोहोरेदोभान ठूलोपर्सेल जाने झिकुखोलामा ९म्च्क्ए०, च्यासीङ्गखर्क च्याल्टी जाने लड्कुखोलामा ९च्च्च्क्म्ए०, कुन्ताबेशी ढाइटार जाने चाखोलामा, माझीफेदा बिला पाङ्गचेत जाने चांैरीखोलामा, पोखरीचौरी बालु लखनपुर जाने चौरीखोलामा, पोखरीचौरी राम्चे गुराँसे जाने चौरीखोलामा, खहरेघाट विर्तादेउराली जाने सुनकोशी नदिमा, ढुंखर्क पाट्नेखोलामा, दाप्चा फलामेसाँघु खहरेपाँगु जाने रोशीखोलामा पक्कीपुल बन्दैगरेको थियो । उक्तपुलहरु सडक विभाग, जिल्ला विकास समिती, जिल्ला प्राविधिक कार्यालयबाट कार्यान्वयन गरिएको थियो । जिल्लामा स्वीस सहयोग नियोग क्म्ऋको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम ःयतयचबदभि ीयअब िच्यबमक द्यचष्मनभ एचयनचबm ९ःीच्द्यए० बाट पक्कीपुलको डिपीआर तयार गर्ने र सुपरभिजन गर्नेकामको शुरु भएको थियो । 
             नेपालको संविधान २०७२ जारी भई राज्य पुन संरचना पछि २०७४ सालमा पालिकाहरुको चुनाव भएपछि बजेटको श्रोत संघीय सरकारबाट पालीकामा जाने अनुदान बजेट,शहरी विकास मन्त्रालयबाट पालिका मार्फत कार्यान्वयन गर्ने बजेट, प्रदेश सरकारबाट पालीका मार्फत कार्यान्वयन गर्नेे बजेट, पालिकाको आफ्नै आन्तरिक श्रोत, प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वयन गर्ने बजेट र सडक विभागको बजेटबाट सडक पूर्वाधारको विस्तार, स्तरोन्नती, मर्मतसुधार, कालोपत्रे आदि विकास हुँदै आएको छ ।  
विशेष गरी दुर्गम क्षेत्र मानिएको महाभारत र खानीखोला गाँउपालिकामा सडकको नयाँ ट्रयाक खोल्ने काम जारी हुँदैगयो भने नगरोन्मुख क्षेत्रहरुमा सडक पुल तथा सडकको स्तरोन्नती र कालोपत्रे गर्नेकाम हुँदै आएको छ । 
             यो अवधिमा महाभारत र खानीखोला गाँउपालिकामा चारकिल्ला चाउडिक लामीडाँडा घ्याब्रीन, महादेबटार खोलाघारी घ्याब्रीन देबीटार, आहाले बाँसपुर मगरगाँउ सल्लेनी देबीटार, राङचाखोला कलुङ भञ्ज्याङ उद्याउने चाखोला गल्टार चौरीबेसी गाताबेशी गोगने धाप, मेलुङडाँडा ठाडे फोक्सीङटार मसानेभञ्ज्याङ सानोपोखरा सिलुङटार ठुलोपोखरा जोरछाङगा स्याप्लेडाँडा, ताराखसेलेक हात्तीआहाल थाम रजडाँडा स्याप्लेडाँडा कुपीनटार सोक्तेल भञ्ज्याङ अमलबास ट्वाँकेदमार, चैतेपानी वाल्टीङ टुनीबास घुँडे बेतीनी विसौनाडाँडा आहालेबाँसपुर, गल्टार महाथान मैनडाँडा घर्तिछाप, छोटेशान घैयाबारी सिक्रेदोभान, दयाँगाउ महादेबटार देउराली, च्याम्राङबेशी झिंगे सुकुम खजुलीबेशी धाप्ले महांकाल ताल्ढुंगा, च्याम्राङबेशी झिंगे ठूलादुर्लुङ हेलटार (ललितपुर) मिल्चे महांकाल, जुरे भाङटार कुपीन्टार, च्याम«ाङबेशी फुर्केथैली त्रीवेणी कोदाखोरीया देउराली, दयागाँउ भिमसेनथान ढोका ताल्ढुंगा, साल्मे डुम्रे जगथली तालढुङ्घा बाँसखर्क कुष्पा, मल्पी तिप्चोक डाँडागाँउ पार्थलीभञ्ज्याङ आदि सडकहरुको ट्रयाक खोल्ने कार्य भएको छ । यो चरणमा नेपाल सरकारको गौरव आयोजनाहरु मध्ये एकमध्ये पहाडी लोकमार्ग अन्तर्गत यस जिल्लाको मादनकुडारी देखि कात्तिकेदेउराली विर्तादेउराली कोलाँती भुम्लु फलाँटे भुम्लुटार दोलालघाट बन्देउ क्षेत्रलाई समेटेर नयाँ मापदण्ड अनुसारको चौडा ग्राभलीङ सडक बनेको छ । 
          २०७४ पछि जिल्लाका धेरै सडकहरु कालोपत्रे गरी स्तरोन्नती गर्नेकाम भएको छ । यो अवधिमा हालसम्म फुलबारी नमोबुद्ध पुरानागाँउ दाप्चा तल्लो हटियासम्म, माख्लो हटिया नेपानेभञ्ज्याङ सम्म, बनेपा ओपी डुँडामुख रवि देउराली सम्म, डुडामुख देबीटारसम्म, हिगुवापाटी जोगीटार ज्याम्दी दोलालघाट सम्म, हिगुवापाटी गैरीविसौना झगरपुरसम्म, कुन्ताबेशी ढाइटार नयाँगाउँ नाल्दुम नगरकोटसम्म, कुन्ताबेसी नौबिसे लम्सालबेसीसम्म, पलाञ्चोक भगवती कोशीदेखासम्म, दोलालघाट सिलामेभिर भट्टेटार राम्चेसम्म, दोलालघाट भुम्लुटार सल्ले भुम्लुडाँडासम्म, कोलाँती ढाँडखर्क पोखरीचौरीको पोखरीसम्म, छेडा कुर्थली सलम्बुसम्म, ख्याकु बल्थली लड्केश्वरसम्म, समाजकल्याण तिनकुने अनेकोट घुमाउनेचौरसम्म, खोपासी सलान्दुवगर पार्थलीभञ्ज्याङ गेल्दुङ खोरथली गोवाभञ्ज्याङसम्म, तिनपीप्ले डाँफेखोला बालुवा मसहरखोलासम्म, फेदी चण्डेनी शुरुवात, तामाघाट श्रीरामपाटी काँसकोट खर्कचौरसम्म कालोपत्रे भएको छ । 
              सडक पुलतर्फ बल्थली रोशीखोलामा, खोपासी सलीनटार रोशीखोलामा, बल्थली नेपाने लड्कुखोलामा, नाला सेराबेसीमा, चौतारापुल कलाँतीखोलामा, शंखु नमोबुद्ध शंखुखोलामा, हिगुपाटी जोगीटार टोड्केखोलामा, पनौती त्रीवेणीघाट रोशीखोलामा, गैरीविसौना साल्ठाँटी चाखोलामा, मानेदोभान ढड्यान लीलावती खोलामा, पाटीचौर कुशादेवी लीलावती खोलामा, भैसेपाटी बाँसडोल घट्टेखोलामा, च्याल्टी खोलामा, चरङ्घेफेदी दाप्चाखोलामा, कात्तिकेदेउराली बोक्से चौरीखोलामा, मेच्छे रामेछाप सुनकोशी खोलामा पक्की पुल निर्माण भएको छ । 
यसैगरी संघीय सरकारबाट सुर्यविनायक धुलीखेल सडकलाई ६ लेन मा विस्तार गर्न आ ब २०७९÷०८० बाट निर्माण कार्य दु्रततर गतीमा भइरहेको छ । प्रदेश सरकारबाट काभे्र जिल्ला र प्रदेश केन्द्र जोड्ने सडकको रुपमा कटुञ्जे हेटौडा सडक (जनमुक्ती मार्ग) स्तरोन्नती निर्माण भइरहेको छ । ग्रामिण सडक सञ्जाल सुधार परियोजना अन्तर्गत कोशी पारी दुइवटा सडक दोलालघाट फलाँटे कोलाँती पोखरीचौरी गुराँसे तथा हवेली सापिङ सिम्थली बेखसिम्ले बाफल सडक स्तरोन्नती तथा क्रमशः कालोपत्रे हुने काम भइरहेको छ । 
२०७४ देखि हालसम्म निर्वाचित संघीय सांसद्हरु गोकुल प्रसाद बाँसकोटा, गंगा बहादुर दोङ, सुर्यमान दोङ र समानुपातिक सांसदहरु, प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र बहादुर लामा, बसुन्धरा हुमागाँई, लक्ष्मण लम्साल, तिर्थ लामा, कञ्चनचन्द्र बादे र प्रदेश समानुपातिक सांसदहरुको मुख्य पहलमा, जिल्लाका नगरपालिका गाउँपालिकाहरुको समन्वयमा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय मार्फत संघीय बजेट, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालय मार्फतका बजेट र पालिकाहरुको बजेटबाट उपरोक्त सडक पूर्वाधारको  विकास हुँदै आएको छ । (लेखक अधिकारीले साविक जिल्ला विकास समिति तथा विभिन्न संघ संस्था मार्फत जिल्लाका सडक, लघु जलविद्युत तथा विभिन्न क्षेत्रमा योगदान पु-याएका छन् ।)