2025 December 16/ 04:54: 58am

पूजा काफ्ले, 

अधिकृत 
नीति योजना तथा अनुगमन शाखा प्रमुख
धुलिखेल नगरपालिका

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ
– सन १९६० को नोभेम्बर २५ का दिन डोमानिकन रिपब्लिकका मिरावल परिवारका ३ साहसिक दिदिबहिनी पार्टिया, मिनर्भा र मारियाको तात्कालिन त्रिजुलो सरकारले गरेको हत्याको दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको थियो ।
– तत्कालीन सरकारको तानाशाही शासनका बिरुद्धमा आवाज उठाएका ती दिदिबहिनीका श्रीमान्लाई सरकारले बन्दी बनाएको र श्रीमान्हरुलाई जेलमा भेटेर फर्कने क्रममा निर्मम हत्या गरी दुर्घटनाको संज्ञा दिईएकोमा अधिकारकर्मीले त्यस घटनालाई स्वीकार गरेनन् र त्यसको विरुद्ध आवाज उठाईरहे ।
–  
Unforgettable Butterflies  को उपनामले चिनिने ती तीन दिदिवहिनीहरुको बलिदानी त्याग र उच्च साहसको सम्मान गर्दै सन् १९९१ मा  Center for Global Leadership -CWGLको सहयोगमा विभिन्न २० देशका २३ जना उत्साहित महिलाहरुको एक समुहले शुरु गरेको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख (महिला हिंसा बिरुद्धको दिवस) देखि शुरु भई डिसेम्बर १० तारिखका दिन (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) १६ दिन सम्म मनाउने गरिन्छ र यस बीचमा अन्य विभिन्न दिवसीय कार्यक्रमहरु समेत रहेका छन् ।
– सन १९९१ डिसेम्बर १७ मा ग्ल्इ का ७४ सदस्य राष्ट्रबाट प्रस्तावित लैङ्गिक हिंसा बिरुद्धको दिवसीय अभियानलाई महासभाबाट सर्वसम्मत  पारित गरी मान्यता प्रदान गरे पश्चात विश्वव्यापी रुपमा यसको थप महत्व बढ्न गएको पाईन्छ ।
– नेपाल सरकारले पनि वि सं २०५४ साल देखि यो दिवस मनाउने निर्णय गरी हरेक वर्ष १६ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
– वि सं २०७५ सालबाट तत्कालीन मन्त्री परिषद्बाट निर्णय गरी मंसिर ९ गते लैङ्गिक हिंसा विरुद्धको दिवस र ९ देखि मंसिर २५ गते सम्म १६ दिन लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने गरीएको छ ।
– यसवर्ष नेपाल सरकारले “प्रविधिको सही प्रयोग गरौः लैङ्गिक हिँसा अन्त्य गरौँ”  राष्ट्रिय नारा तय गरी संघ सरकार, प्रदेश सरकार र स्थानीय तह तथा संघ संस्थाहरु समेतबाट यो अभियानको सुभारम्भ भएको छ ।
सेतो रिवन अभियान
– सन १९८९ डिसेम्बर ६ का दिन क्यानडाको मोन्छेरल विश्वविद्यालयको पोलिटेन्किन (
Politenkin) कलेजमा मार्क लेपिन नामक एक २५ वर्षे युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेको थियो । बन्दुक र धारिलो हतियार सहित कलेजको तेश्रो तलामा पुगेका ती युवकले छात्राहरुलाई छात्रबाट अलग गरी तिमीहरुलाई यहाँ बस्ने अधिकार छैन भन्दै एकतर्फ जम्मा गरी हत्या गर्न शुरु गरेका थिए । त्यस पछि अन्य कोठामा गई छात्राहरु खोजी खोजी हत्या गरी अन्त्यमा आफूले समेत आत्महत्या गरे । घटनास्थलमा भेटिएको सुसाइड नोट अनुसार उनी महिलाहरुप्रति निकै आक्रोसित रहेको र देशका विभिन्न १९ जना महिलाहरुको हत्या गर्ने लिष्ट समेत तयार गरेको पाइएको थियो ।
– यसै घटनाको संझनामा क्यानडाका केही उत्साहित युवाहरुको प्रयत्नमा सन १९९१ मा जम्मा ६ हप्ताको तयारीमा करिव १ लाख व्यक्तिहरुको सहभागितामा महिला हिंसा बिरुद्ध पुरुषहरुलाई जागरुक बनाउने उद्देश्यले अंग्रजी वर्णमालाको ख्ष्यभिलअभ को ख् अक्षरको लाई उल्टो बनाउंदा हुने आकारमा लगाईने सेतो रिवन “म हिंसा गर्दिनँ, म आफू हिंसा सहन्न र देखेमा प्रतिकार गर्दछु (श्भचय त्यभिचबलअभ)” को मान्यता र प्रतिबद्धतामा आधारित अभियान हो । यो रिवन खास गरी १६ दिने अभियानमा लगाउने गरिन्छ र युरोपका केही मुलुकहरुमा १६ दिने अभियानको अवधिमा संसदमा समेत सोतो रिवन लगाउने प्रचलन रहेको पाईन्छ । 
१६ दिने अभियानको अवधिमा पर्ने विभिन्न दिवसहरु
– २५ नोभेम्वर लैङ्गिक हिंसा विरुद्धको दिवस
– २९ नोभेम्वर महिला मानव अधिकार रक्षक दिवस
– १ डिसेम्वर विश्व एड्स दिवस
– २ डिसेम्वर अन्तराष्ट्रिय दासता उन्मुलन दिवस
– ३ डिसेम्वर अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रय दिवस
– ५ डिसेम्वर महिला स्वयं सेविका दिवस
– ६ डिसेम्वर महिला शहिदहरुको सम्मान दिवस
– ९ डिसेम्वर भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस
– १० डिसेम्वर मानव अधिकार दिवस
लैङ्गिक हिंसाको परिभाषा
– लैंङ्गिक समानता कायम गर्न तथा लैंङ्गिक हिंसा अन्त्य गर्न बनेको  ऐन, २०७२ ले लैंङ्गिक हिंसाको परिभाषा गरेको  छ जस अनुसार “लैंङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य, वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ” । 
लैङ्गिक हिंसाका प्रकार
– शारिरिक हिंसा 
– सामाजिक हिंसा
– आर्थिक हिंसा
– मानसिक हिंसा
– यौनजन्य हिंसा
लैंगिक हिंसा निवारण सम्बन्धी राष्ट्रिय कानून
– नेपालको संविधान २०७२
– मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा नियमावली, २०६५
– घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ तथा नियमावली, २०६७
– कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१
– बोक्सीको आरोप सम्बन्धी (कसुर र सजाय) ऐन, २०७२
– लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७
– राष्ट्रिय महिला आयोग ऐन, २०७४
– मुलुकी देवानी संहिता ऐन २०७४, मुलुकी देवानी कार्यविधि (संहिता), ऐन २०७४
– मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ 
– बालबालिका सम्बन्धी ऐन, २०७५
– सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी ऐन २०७५
– बाल विवाह अन्त्य सम्बन्धी राष्ट्रिय रणनीति, २०७२
– महिला तथा बालिकाउपर हुने हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति, २०७५
केहि कानुनी व्यवस्थाहरु
– घरेलु हिंसा सम्बन्धी उजुरी 
– पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति
– स्थानीय प्रहरी कार्यालय,
– जिल्ला प्रहरी कार्यालय
– जिल्ला अदालत 
– राष्ट्रिय महिला आयोग । 
– हिंसा भएको ९० दिन भित्र उजुरी दिनु पर्दछ ।
– अंगभङ्ग हुनेगरी तेजाव जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बोक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुब्र्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजायँ हुन्छ भने अन्य किसिमका घरेलु हिँसा गरेमा ३००० देखि २५००० सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजायँ हुन्छ ।
लैङ्गिक हिंसाका रुपहरु
– घरेलु हिंसा
– बलात्कार
– मानव बेचविखन
– तेजाव आक्रमण
– श्रम शोषण
– न्युन ज्याला
– आर्थिक हिँसा
– साइवर अपराध
– कार्यस्थलमा हुने यौनजन्य दुब्र्यवहार
– सामाजिक कुरितीहरु जस्तैः छाउपडी, दाइजो, बालविवाह, देउकी, झुमा, वोक्सीको आरोप आदि
– बालश्रम
धुलिखेल नगरपालिकाले लैङ्गिक हिँसा न्युनिकरणको लागि गरेका प्रयासहरु
–  ‘लैङ्गिक हिँसा नगरी समान ब्यवहार गरौः महिला, पुरुष अन्य लिङ्गि यो हिँसामा नपरौँ’ भन्ने नारालाई बार्षिक नीतिमा समावेस गरी कार्यक्रम सञ्चालन गरिएको ।
– लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण रणनीति तर्जुमा तथा कार्यान्वयन
– महिला परिषद गठन गरी महिलाको शसक्तीकरणका लागि सुझाव संकलन राय परामर्श तथा मागको आधारमा कार्यक्रमहरु सञ्चालन गरिएको,
– न्यायिक समिति मार्फत हिंसाको केशहरुको सम्वोधन गर्ने गरेको,
– वडा वडामा मेलमिलाप केन्द्र तथा मेलमिलापकर्ताहरुको व्यवस्था गरिएको
– लैङ्गिक हिंसा प्रभावितको लागि अल्पकालिन सेवा केन्द्र (क्बाभ जयगकभ) सञ्चालन कार्यविधि निर्माण तथा सञ्चालन,
– हस्पिटलमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्ने गरिएको,
– महिलालाई आर्थिक रुपले सक्षम बनाउन उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न सिपमुलक तालिम तथा अनुदान उपलब्ध गराउने गरिएको,
– मेयर गरिवी निवारण कार्यक्रम अन्तर्गत महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरुको लागि व्यवसाय स्थापना प्रोत्साहन तथा प्रविधि हस्तान्तरण कार्यक्रमहरु गर्ने गरिएको ,
– हिंसा विरुद्ध सचेतना जगाउने कार्यको लागि सचेतनामुलक रेडियो कार्यक्रम तथा जिङ्गल प्रशारण गर्ने गरिएको,
– अन्य संघ संस्थाहरुको समन्वयमा मनोसामाजिक विमर्श, निःशुल्क कानुनी सहायता, प्रभावितहरुलाई आवश्यक स्वास्थ्य उपचार लगायतका सुविधाहरु उपलब्ध गराइएको,
– सुत्केरी तथा गर्भवती महिला प्रजनन् स्वास्थ्य सुरक्षाको लागि घरदैलो सेवा प्रदान गरिएको,
– विभिन्न किसिमका हिँसा लगायतका विषयमा सचेतना जगाउन विद्यालयमा बालबालिकाहरुको लागि सन्देश मुलक डायरी प्रकासन गरी वितरण गरिएको
– लैङ्गिक हिंसा निबारण कोष स्थापना गरी हिँसा प्रभावितहरुलाइ तत्काल सम्वोधन गर्न सक्ने अवस्था सृजना गरिएको
– बालबालिकाहरु पनि हिँसा तथा विपतमा नपरुन र परेको खण्डमा तत्काल संवोधन गर्न सक्नेगरी आपतकालिन बाल संरक्षण कोष स्थापना गरेको 
– टुहुरा बालबालिका, संरक्षण विहिन नागरिक, एकल तथा असहाय महिला, तथा अन्य किसिमले असहाय ब्यक्तिहरुका लागि नगरपालिकाको समन्वयमा मानव कल्याण सेवा संस्था मार्फत संरक्षणको ब्यवस्था गरिएको,
– नगरपालिकाका सवै विद्यालयमा लैङ्गिक फोकल पर्सन तोकि विद्यालयमा हुने हिंसाका केसहरूलाई संवोधन गर्ने गरिएको
– नगर कार्यपालिकाबाट लैङ्गिक तथा यौनजन्य दुव्र्यवहार आचार संहिता जारी गरिएको

धुलिखेल नगरपालिकामा लैङ्गिक तथा यौनजन्य दुव्र्यवहार निवारण आचार संहिता
१. लैङ्गिक तथा जातीय विभेदपूर्ण  शब्द तथा व्यवहार गर्ने छैनौँ साथै अरुलाई मन नपर्ने अस्वभाविक व्यवहार तथा शब्द प्रयोग गर्ने छैनौँ । 
२. ज्येष्ठ नागरिक¸ यौनिक तथा अल्पसङ्ख्यक¸ महिला¸ बालबालिका तथा अपाङ्गता भएका व्यक्तिप्रति सम्मानजनक तथा सकारात्मक व्यवहार गर्नेछौँ ।  
३. हिंसाजन्य व्यवहार र दुव्र्यवहार (जातीय छुवाछुत लैङ्गिक विभेद तथा अपमान) गर्ने छैनौँ र अरुले गरेको पनि सहने छैनौँ । 
४. लैङ्गिक तथा जातीय आधारमा अरुलाई पिडादायक बोली बचन तथा व्यवहार गर्ने छैनौँ । 
५. आ– आफ्नो जिम्मेवारी इमान्दारीता पूर्वक पुरा गर्नेछौँ र सेवा दिंदा तथा लिंदा विभेद गर्ने छैनौँ । लिङ्ग तथा जातीय आधारमा कुनै पनि व्यक्तिको कार्यक्षमताप्रति शङ्का तथा उपशङ्का गरेर हतोत्साहित गर्ने छैनौँ । 
६. कार्यालयमा कसैले कसैलाई दुव्र्यवहार गरेमा सम्बन्धित जिम्मेवार व्यक्तिलाई जानकारी गराउनेछौँ र शुन्य सहनशीलताको नीतिलाई अवलम्वन गर्नेछौँ । 
७. सबैमा सम्मान, सद्भभाव र सहयोगी व्यवहार गर्नेछौँ र कार्यस्थलमा अरुको निजी कुरा गरेर कार्य सम्बन्ध बिगार्ने छैनौँ । 
८. कार्यस्थलको वातावरण स्वस्थ¸ सुरक्षित¸ पारदर्शी¸ निष्पक्ष र लैङ्गिक हिंसामुक्त बनाउनेछौँ। 
९. लैङ्गिक दुव्र्यवहार सामाजिक रुपमा अमानवीय र कानुनी रुपमा दण्डनीय भएकोले यसलाई पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । 
१०. कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ अन्तर्गत धुलिखेल नगरपालिकाले तयार गरेको आचार संहिता २०८० पालना गर्न प्रतिवद्ध छौँ ।
लैंगिक हिंसा अन्त्य सम्बन्धमा देखिएका समस्या तथा चुनौती
– लैंगिक हिंसाको नयाँ स्वरूपहरु देखिदै जानु जस्तै साइवर अपराध, सामाजिक सञ्जालको     दुरुपयोग,
– अत्यधिक रुपमा वलात्कारका घटनाहरु घट्ने गरेको,
– लैङ्गिक हिँसाको कारण हुने आत्महत्याको केशहरु बढेको,
– महिलाको कारणबाट पुरुषहरु हिँसामा परेको घटनाहरु बढेको,
– गरिबी, अशिक्षा, हानिकारक अभ्यास, लैंगिक हिंसालाई बढावा दिने सामाजिक संरचना, सोंच,     मूल्य, मान्यता, प्रथा, परम्परा, कायमै रहनु, यस्को कारणले हुने गरेका हिंसालाई सामाजिक रुपमा स्वीकार गर्नु, 
– लैङ्गिक हिँसालाई महिला बिरुद्द हुने हिंसा मात्र हो भन्ने साघुरो घेरा बाट हेरिनु, यसको आर्थिक,  सामाजिक, राजनैतिक मूल्य नहेर्नु,
– लैंगिक हिंसा सम्बन्धी पूर्ण तथ्यांक नहुनु,
– हिंसा पीडितको न्यायमा पहुँच स्थापना गर्ने जटिलता रहनु,
– हिंसा पीडितको पारिवारिक तथा सामाजिक पुनस्र्थापना गर्नु (मुख्यतः मानसिक समस्या भएका     पीडित),
–     स्रोत साधनको अभावमा पर्याप्त क्रियाकलाप सञ्चालन गर्न नसक्नु,