कुल प्रसाद दवाडी
प्रमुख कृषि विकास कार्यालय काभ्रे
पृष्ठभूमि
कोदो नेपालका प्रमुख खाद्यान्न बालीहरूमा धान मकै र गहुँ पछिको चौथो प्रमुख खाद्यान्न बालीको रूपमा रहेको छ।नेपालको तराइदेखि समुन्द्र सतहबाट ३१०० मिटर सम्मको उच्च पहाडी क्षेत्रसम्म कोदो खेती लगाइन्छ भने नेपालको ७७ वटै जिल्लाहरूमा कोदो खेती गरिएको पाइए तापिन सबैभन्दा धेरै कोदो खेती हुने जिल्लाहरूमा क्रमशः खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुली पर्दछ भने सबैभन्दा थोरै क्षेत्रफलमा कोदो खेती गरिने जिल्लाहरूमा क्रमशः मनाङ र मुस्ताङ पर्दछन् (ःयब्ीम्, २०२४)।
कोदोजन्य बाली अन्तर्गत कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा लगायतका बाली पर्दछन् । तर कोदो बाहेकका बालीहरूको खेती सिमित स्थानमा मात्र हुने गरेको छ।ग्रामीण क्षेत्रका मानिसहरूको खाद्य एवं पोषण सुरक्षा र आयआर्जनमा कोदोजन्य बालीको विशेष महत्व रहेको छ । कोदोबाट बनेका परिकारको उपभोग सामाजिक मुल्य मान्यता र प्रतिष्ठासँग पनि जोडिएको हुन्छ । नेपालको पूर्वी पहाडी भेगका गाउँ तथा बजार क्षेत्रमा कोदोबाट तयार गरिने जाँड, तोङ्बा र रक्सीको ठुलो परिमाणमा वर्षभरी नै कारोवार हुनेगरेको छ । त्यसैगरि कतिपय आदिवासी तथा जनजातीहरूले मनाउने विशेष चाडपर्वमा कोदोबाट बनेको जाँड वा रक्सी वा दुवै परिकार देउतालाई चढाउने गरिन्छ र पुजा कार्य समाप्त भएपछि त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन समेत रहेको छ ।
कोदोजन्य बाली उत्पादन गर्दा कुनै पनि किसिमको रासायनिक मल वा विषादीको प्रयोग गरिंदैन । यो बाली सिंचाईको सुविधा नभएको रुखोपाखो जमिनमा खेती गरिन्छ । हिउँद महिनामा कोदोको नल (नरुवा) भरपर्दोपशु आहाराको रुपमा प्रयोग गरिन्छ।यसरी हेर्दा सानो दाना फल्ने कोदोको नेपाली समाजमा ठुलो महत्व छ भन्ने कुरा स्पष्ट छ । तर कोदो बाली उत्पादन तथा प्रशोधन विधि निकै झञ्झटिलो हुने, उत्पादन कम हुने तर धेरै श्रम गर्नुपर्ने र विशेषतः महिलाहरूले नै कोदोसँग सम्बन्धित अधिकांश काम गर्नुपर्ने भएकाले यो बालीको उत्पादन तथा उपभोग क्रमशः घट्दो क्रममा छ । त्यसो त युवाहरू कृषि पेशा प्रति आकर्षित नहुनु, बैदेशिक रोजगारी र बसाईसराईको व्यापकताले ग्रामीण भेगमा आवश्यक श्रमिक उपलब्ध नहुनु, भौतिक पूर्वाधारको विकास भएपछि बजारमा चामलको सहज आपूर्ति हुनु, कोदोजन्य बाली उत्पादन तथा प्रशोधनका लागि उपयुक्त प्रविधिमा पंहुच नहुनु र भएका प्रविधिहरूमा पनि कृषकहरूको पहुँच नहुनु कोदोजन्य बालीहरूको उत्पादन तथा प्रवद्र्धनमा देखिएका चु नौतीहरू हुन्।यसको असर कोदोजन्यबाली खेती गर्ने कृषकको संख्या, क्षेत्रफल र जातीय विविधता घट्दो क्रममा रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभाको ७५ औं सेसनबाट कोदोजन्य बालीको उत्पादनमा जनचेतना प्रवाह गर्न, खाद्य तथा पोषण सुरक्षामा योगदान गर्न, कृषकको जिविकोपार्जन तथा आयआर्जनमा सहयोग गर्न, तथा गरिबी न्युनिकरण गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप सन २०२३ लाई अन्तराष्ट्रिय कोदो वर्ष (क्ष्लतभचलबतष्यलब िथ्भबच या ःष्ििभतक द्दण्द्दघ) को रुपमा मनाउने निर्णय ग¥यो । त्यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असार २३ गतेको बैठकले हरेक वर्ष श्रावण महिनाको १६ गतेका दिन राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरे बमोजिम यस वर्ष ‘कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस २०८२ भव्यताका साथ तिनै तहका सरकारहरुमार्फत विविध कार्यक्रमहरु गरि भर्खरै मात्र मनाइएको छ ।
कोदोजन्य बालीले ढाकेको क्षेत्रफल उत्पादन र उत्पादकत्व
क्षेत्रफलको हिसाबले धान, गहुँ र मकै पछिको नेपालको चौथो सबैभन्दा महत्त्वपूर्ण खाद्य बाली कोदोले ढाकेको क्षेत्रफल २२४,९३५ हेक्टर रहेको छ जसको वार्षिक उत्पादन ३००,७३२ मेट्रिक टन र औसत उत्पादकत्व १नट ३४.÷हेक्टर रहेको छ (ःयब्ीम्, २)२४) । विगत दश वर्षको तथ्याङ्क हेर्दा क्षेत्रफल र उत्पादनको प्रवृति झण्डै समान देखिन्छ तर उत्पादकत्वमा भने उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । कोदो नेपालको निर्वाहमुखी र सीमान्त वातावरणमा बस्ने ग्रामीण गरिब खेतीपाती समुदायका लागि कम प्रयोग गरिएको तर महत्वपूर्ण खाद्य बाली हो । तिनीहरूको पौष्टिक घनत्वको कारणले गर्दा तिनीहरूलाई हिमालयन सुपर(फूड समेत भन्ने गरिन्छ ।
कोदोजन्य बालीको आयात निर्यातको अवस्था
आयात निर्यातको अवस्था हेर्दा धेरै थोरै परिमाणमा मात्रामा निर्यात भएको देखिन्छ भने आयात परिमाण एंव मुल्य वढि रहेको देखिन्छ ।नेपालमा औपचारिक रुपमा २००९ पश्चात मात्र कोदोजन्य बालीको आयात तथा २०२२ पश्चात निर्यात भएको देखिन्छ।आयात निर्यात हुने कोदोजन्य बालीमा कोदोको बीउ तथा खाद्यान दुवै आयात हुने गर्दछ भने जुनेलो खाद्यान्नको रुपमा मात्र आयात हुने गरेको देखिन्छ । व्यापार तथा आयात प्रवर्दन केन्द्रका अनुसार २० हजार ३ सय मेट्रिक टन कोदो आयात भएको देखिन्छ (त्भ्एऋ, द्दण्द्दघ) ।
कोदोजन्य बालीको संरक्षण, सम्वर्दन, अनुसन्धान तथा जातिय विकास
कोदोजन्य बालीमा कोदो सहित कागुनो, चिनो, जुनेलो आदिको खेतिपाती परम्परागत तवरबाट विभिन्न जिल्लाहरुमा भइरहेको पाइन्छ । क्षेत्रफल एवं उत्पादनका हिसाबले नेपालमा कोदो मुख्य रुपमा मध्य पहाडी जिल्लामा गरेको पाइन्छ हालसम्ममा बिभिन्न जिल्लाबाट ८५० भन्दा बढी स्थानीय जातहरू संकलन गरी खुमलटार स्थित राष्ट्रियजीन बैंकमा संरक्षण गरिएको छ । नेपालमा कोदोजन्य बालीहरुको अध्ययन अनुसन्धानका अन्तरगत पहाडीबाली अनुसन्धान कार्यक्रम दोलखाबाट हालसम्म सिफारिश पाँच वटा र एक वटा पंजिकरण गरी जम्मा ६ वटा कोदोका जातहरू प्रचलनमा रहेकाछन् । ती जातहरूमा डल्ले–१, ओख्ले–१, काब्रे कोदो–१, काब्रे कोदो–२, शैलुङ्ग कोदो–१ त्यसैगरि स्थानिय जातको रुपमा रातो कोदो तथा कागुनो बालीको वरियो कागुनो र चिनो बाली तर्फ दुधे चिनो स्थानिय रैथाने बालीको रुपमा दर्ता रहेको छ ।(बीबिगुनिके ।, २०८२)
त्यसैगरि पहाडबाली अनुसन्धान कार्यक्रम दोलखाले न्भचmउबिकm ऋयििभअतष्यल, क्ष्लतचयमगअतष्यल, भ्खबगिबतष्यल बलम ःबष्लतभलबलअभ जस्ता जातिय विकास सम्वन्धि कार्यहरु समेत गर्दछ जस अन्तगत १२५ भन्दा बढि न्भलयतथउभक को संरक्षण तथा परिक्षण, नर्सरी स्तरमा परिक्षण, संयोजनात्मक जातिय परिक्षण, कृषकको खेत स्तरमा परिक्षण लगाएतका अनुसन्धान सम्वद्द क्रियाकलापहरु गर्दै कोदोजन्यबालीको जातिय विकासमा अग्रणी भुमिका खेल्दै आएको देखिन्छ (वराल, २०८०)।
विभिन्न १७ वटा सामुदायिक वीउ वैंकहरुले कोदो कागुनो चिनो जुनेलो र वाजराका ११३ वटा रैथाने जातहरुको संरक्षण गरेको पाइन्छ साथै बीउ बैंकहरुले संरक्षणको अलावा त्यस्ता स्थानिय जातहरुको नियमीत बीउ तथा खाद्यान्न उत्पादन बितरण तथा वजारीकरण लगाएतका प्रवर्दनात्मक कार्यहरु समेत गरिरहेका छन् (श्रेष्ठ तथा अन्य, २०८०)।
कोदोजन्य बालीको उपयोगिता तथा प्रभाव
खाद्यान्नको रुपमा
प्राचीनकाल देखिनै नेपालमा कोदोलाई खाद्यान्नको रुपमा प्रयोग गरिएको पाईन्छ । यसका परम्परागत परिकारहरूमा ढिंडो, रोटी, पुवा र खोले मुख्य हुन् । आजभोलि कोदोबाट केक, पाउरोटी, बिस्कुट, कुकिज, नमकिन, पफ आदि बनाई खाद्य पदार्थको रुपमा उपयोग हुन थालेको छ । बिशेष गरि शहरी क्षेत्र एवं होटल रेष्टुरांको मेनुमा समेत कोदोका परिकारहरु उपलव्ध हुन गरेका छन् ।
पेय पदार्थको रुपमा
कोदोबाट स्थानीयस्तरमा उच्चगुणस्तरको घरेलु मदिरा पनि बनाईन्छ । यसरी नेपालमा बनाइएको पेय पदार्थ उच्च गुणस्तरको भएको तथा अन्तर्राष्ट्रिय बजारमा समेत रुचाइएका कारण केहि स्थानिय तहहरुले स्थानिय स्तरमा कोदोको मदिरालाइ व्राण्डिङ्ग समेत वजारीकरण गर्ने गरेको पाइन्छ । यद्यपि औपचारिक रुपमा ब्राण्डिङ्ग गरि निर्यात गरेको भने पाइदैन ।
पशु आहारको रुपमा
पशुपालक कृषकका लागिपशु आहारा आपूर्ति गर्ने कुरा महत्वपूर्ण हुन्छ । हरियो घाँस हिउँदमा पर्याप्त उपलब्ध नहुने भएकाले कोदोको नल ज्यादै महत्वपूर्ण पशु आहारा बन्नसक्दछ । यसमा प्रोटिन, खनिज, कार्बाेहाईड्रेट लगायत पशुलाई चाहिने तत्वहरू प्रशस्त मात्रामा पाईन्छ । जसले गाई भैंसीको स्वास्थ्य र दुध उत्पादनमा प्रभावकारी भूमिका खेल्दछ भने अन्य खसी, बोका, भेडा बाख्रालाई खुवाएर मासु उत्पादनमा बृद्धि ल्याउन सकिन्छ (पौडेल, २०८०) ।
पौष्टिक तत्व तथा स्वास्थ्यमा प्रभाव
कोदोजन्य बालीहरुमा अधिक मात्रामा पौष्टिक तत्वहरु प्रति १०० ग्राममा क्रमशःक्यालोरी ३७८ किलो क्यालोरी, कार्बाेहाइड्रेट ७३.९ ग्राम, प्रोटिन ११ ग्राम, पाचनयोग्य फाइवर ८.५ ग्राम, तेल ४.२ ग्राम त्यसैगरी भिटामिन द्यघ, द्यट,द्यढ खनिज तत्वहरुः फलाम, म्याग्नेसियम, फस्फोरस, पोटासियम, एण्टिअक्सिडेण्ट, न्युन देखि मध्यम स्तरको ग्लाइसेमिक इण्डेक्स आदि पाइन्छ।कोदोजन्य बालीको नियमित सेवन गर्दा स्वास्थ्यमा देहायअनुसारका सकारात्मक प्रभावहरु पर्दछन् ।
- अधिक फाइबर तथा म्याग्नेसियमका कारण मुटुजन्य रोगहरुको जोखिमलाइ न्युनिकरण गर्दछ । साथै तौल नियन्त्रणमा समेत सकारात्मक प्रभाव पार्दछ ।
- न्युन ग्लाइसेमिक इण्डेक्सका कारण मधुमेह रोगका विरामीहरुलाइ रगतमा चिनीको मात्रा व्यवस्थापनमा सहयोग पुग्दछ ।
- ग्लुटिन रहित भएका कारण ऋभष्बिअ मष्कभबकभ र न्गितभल ष्लतयभिचबलअभ सम्वन्धि विरामीहरुलाइ राम्रो गर्दछ।
- एण्टीअक्सिडेण्टले पुर्ण खाना भएका कारण सिकिस्त विरामीलाइ राम्रो गर्दछ साथै केहि क्यान्सर जन्य रोगको जोखिमलाइ समेत सहयोग गर्दछ ।
वातावरणिय प्रभाव
कोदोजन्य बालीहरु वातावरण मैत्री बालीहरु हुन जस्को उत्पादन तथा उपभोगले समग्र कृषि क्षेत्रलाई सकारात्मक प्रभाव पार्दछ । कोदोजन्य बालीहरु थोरै पानी हुने क्षेत्र तथा सुख्खा ग्रस्त क्षेत्रमा समेत उत्पादन गर्न सकिन्छ । त्यसैगरी रासायनिक विषादी तथा मलहरु पनि तुलनात्मक रुपमा कम मात्रामा प्रयोग गरिन्छ त्यसैगरी यस्को खेति प्रणालीमा थोरैमात्रामा मात्र सघन रुपमा इन्धनको प्रयोग हुने हुदा कार्वन उत्सर्जनमा समेत न्युनिकरण हुन्छ । समग्रमा कोदोजन्य बालीको खेति गर्दा न्युन भु–उपयोग, न्युन देखि मध्यमस्तरमा पानीको उपयोग, न्युन मात्रामा कार्बन उत्सर्जन, न्युन मात्रामा जैविक विविधतामा प्रभाव, न्युन मात्रामा विषादी एवं रासायनिक मलको प्रयोग, भुक्षयको न्युन जोखीम, न्युन मात्रामा इन्धन खपत तथा न्युन रुपमा पानी प्रदुषण हुने हुँदा कोदोजन्य बालीको उत्पादन एवं उपभोगले वातावरण मैत्री कृषि प्रणालीलाई प्रबर्दन गर्दछ ।
चुनौती, अवसर र सम्भावनाहरू
चुनौतीहरू
- कोदोजन्य बालीको क्षेत्रफलमा ह्रास ः कोदो बालीको क्षेत्रफल २०६८ मा २ लाख (सय हेक्टरबाट २०७८ मा १ लाख २२ हजार १ सय हेक्टर कायम भएको छ (कृषि गणना, २०७८) । तथ्याङ्क हेर्दा कोदोबालीको खेती ह्रासोन्मुख देखिन्छ ।1
- युवा कृषकको पलायन ः बि.सं. २०६८ को कृषि गणनाको तुलनामा २०७८ मा २४–३४ बर्षउमेर समूहका मुख्य कृषक १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा, ३५–४४ बर्षउमेर समूहका २६.७ प्रतिशतबाट घटेर २५.७ प्रतिशतमा र ५४–४५ बर्षउमेर समूहका २५.१ प्रतिशतबाट घटेर २४.८ प्रतिशत रहेको छ (कृषि गणना, २०७८) ।
- आन्तरिक बसाई सराई ः कोदो लगाउने सयममा गाउँघरमा आवश्यक जनशक्तिको अभाव हुने गएकाले कृषकहरूले विस्तारै कोदो लगाउन छोड्ने अवस्था रहेको साथै ग्रामीण क्षेत्रका कोदो लगाउने गाउँ खाली हुँदै गएको ।
- प्रभावकारी कृषि यान्त्रीकरणको अभावस् अन्य बालीहरूको तुलनामा कोदो खेती गर्न अलिबढी झन्झटिलो र कष्टप्रद हुनु, कोदो रोप्न, गोड्न, काँट्न र झार्न मेशिन प्रयोगमा नआएकाले उत्पादन लागत बढी हुन गइ कृषकहरुले कोदो बाली लगाउन छाड्नु ।
- स्थानिय एवं रैथाने जातहरु लोप ः बिगत २० औ वर्ष देखि खेती गरीदै आईएका कोदोका स्थानीय जातहरू विस्तारै लोपहुँदै जानु ।
- मुल्यमा कमजोर प्रतिस्पर्धा ः स्थानीय स्तरमा उत्पादित कोदोको तुलनामा बाहिरबाट आयातित कोदो सस्तो मूल्यमा प्राप्त हुनु र उपभोक्ताले पनि गुणस्तरीय भन्दा सस्तो कोदो खरिद गर्ने प्रवृति देखाउनु ।
- कोदोजन्य बालीको अनुसन्धान एवं प्रसारमा न्युन प्राथमिकता ः उच्च उत्पादकत्व भएका कोदोको नयाँ जातहरू र अन्य खेती प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अनुसन्धान निकायको अभाव साथै कृषि प्रसार निकायहरुको कृषि प्रसार सम्वन्धि कमजोर भुमिका ।
- कोदोजन्य बालीको कमजोर मुल्य श्रृंखला ः स्थानीय कोदोजन्य बाली संरक्षण र व्यवसायिक उत्पादन, परिकार विविधिकरण र बजारीकरणमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्रभावकारीरुपमा कार्यहरू संचालन नहुनु ।
- उपभोक्ताको खाद्य वस्तु चयनमा परिवर्तन ः स्थानिय स्तरमा कोदोको विभिन्न परिकारहरु बनाई त्यस्को उपभोग बिक्री वितरण तथा त्यस सम्वन्धि प्रचार प्रसार गर्नु भन्दा पनि मदिराजन्य पदार्थ बनाउन तथा विक्री विरतण गर्ने प्रचलन हावी हुनु ।
अवसरहरू
- हिजोआज गाउँघरको तुलनामा शहरी क्षेत्रमा कोदोको खपत बढी हुन थालेको छ । शारिरीक श्रम कम गर्ने, उच्च रक्तचाप तथा कोलेस्ट्रोलका कारण पनि शहरी जनसंख्यामा कोदो प्रति रुचि बढी देखिन्छ ।
- नेपालको कोदो प्राङ्गरिक भएकाले पनि स्वास्थ्यप्रति सचेत नागरीक एवं तारे होटेलका पाहुनाहरूले समेत कोदोको ढिंडो तथा अन्य परिकारहरू खोज्न थालेका छन् ।
- कोदोबालीको अनुसन्धान गर्ने नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको पहाडीबाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखा बागमती प्रदेशभित्र अवस्थित छ ।
- कोदोजन्य बालीहरू विशेषगरी कोदो र कागुनोलाई बाँदरले त्यति धेरै नोक्सान नगर्ने भएकाले पहाडी क्षेत्रका बाँदरको समस्याबढी भएका स्थानहरूमा व्यवसायिक उत्पादन गर्न सकिने राम्रो अवसर रहेको छ ।
- पहाडी क्षेत्र एवं टारका असिंचित बाँझो जमिनलाई स्थानीयतहले न्यून आय भएका व्यक्तिहरूलाई समूहमा आबद्ध गरी व्यवसायिक रुपमा कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन सक्ने राम्रो अवसर रहेको छ ।
- कोदोजन्य बालीमा भएको पौष्टिक महत्व र स्वास्थ्यबद्र्धकताको प्रसार–प्रचार गरी अन्तरिक पर्यटकीय स्थलहरूमा परिकार विविधिकरण गरी होमस्टे र स्थानीय होटल रेष्टुरेण्टमार्फत कोदोजन्य परिकारको व्यापार गर्न सकिने ।
- कोदोजन्य बालीलाई सामान्यतया रासायनिक मल प्रयोग नगर्ने प्रचलन रहेकाले प्राङ्गारिक उत्पादनका रुपमा ब्राण्डिङ्ग गरी विक्री वितरण गर्न सकिने प्रबल संभावनायुक्त बाली ।
सम्भावनाहरू
- कोदोको उन्नत जात प्रयोग गरी हालको उत्पादकत्व १.३४ मे.ट.÷हे.बाट बृद्धि गरी उत्पादन बढाउन सकिन्छ भने बाँझो तथा खाली जमीन प्रयोग गरी क्षेत्रफल बिस्तार गर्ने प्रचुर सम्भावना छ ।
- शहरी जनसंख्यामा कोदोजन्य बालीको उपभोग प्रति बढि आकर्षण बढ्दै जादा उत्पादन वृद्धि गर्न सकिने
- जलवायु परिवर्तन उत्थानशिल बालीहरु भएकाले कम पानी भएका सुख्खा ग्रस्त क्षेत्रमा समेत व्यावसायिक रुपमा गर्न सकिने तथा जलवायु परिवर्तनको असरलाइ न्युनिकरण गर्न सकिने
आगामी कार्यदिशा
- तीनै तहका सरकारले कोदोजन्य बालीहरुको उत्पादन एवं वजारीकरणमा प्राथमिकताका साथ कार्यक्रमहरु सञ्चालन गर्ने ।
- नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बनरक्षकको खाद्य समाग्रीमा अनिवार्यरुपमा कम्तिमा एउटा आइटम कोदोजन्य बालीबाट उत्पादित खाद्यबस्तु समावेश गर्न संघिय सरकारले पहल गर्ने । साथै सरकारी, गैह्र सरकारी एवं संस्थानका कार्यालयहरुमा समेत दैनिक खाजाको लागि अनिवार्य रुपमा कोदोजन्य बालीबाट उत्पादित खाद्यबस्तु समावेश गर्ने वातावरण मिलाउने ।
- विद्यार्थीलाई दिवा खाजाको व्यवस्था भएका विद्यालयहरूमा अनिवार्यरुपमा कम्तिमा एउटा परिकार कोदोजन्य बालीबाट उत्पादित खाद्यवस्तु समावेश गर्ने प्रबन्ध मिलाउने ।
- कोदोजन्य बालीको पौष्टिक महत्व बुझाउन सञ्चारका सबै माध्यमहरुबाट प्रचार–प्रसार लगायतका अभियानहरु संचालन गर्ने ।
- कोदोजन्यबालीको मुल्य श्रृंखलामा आबद्ध सबै सरोकारवालाहरुले लाभ लिन सक्ने गरि प्रोत्साहनका कार्यक्रम संचालन गर्ने ।





