2025 December 16/ 05:44: 44am

    डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले बिपद्को जोखिम न्यूनीकरण र बिपद् व्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजनाका सन्दर्भमा २०८१ असोज १०–१२ मा भएको विपत्ति पछि तयार गरेको सामाग्री यहाँ प्रस्तुत गरिएको छ । 

विषयहरु
१. पृष्ठभूमी
२. अध्ययनको बिधि 
४. अध्ययन टोली
५. प्रमुख समस्याको पहिचान
६. समस्याका कारणहरु 
७. जलवायुजन्य विपद्बाट भएको क्षति विवरण
८. समस्याले सृजना गरेको असरहरु
९. स्थलगत भ्रमणमा देखिएका र सरोकारवालहरुबाट उठाइएका वातारणीय सवालहरु र तिनको जवाफ
१०. विपद् प्रभावित क्षेत्रमा कार्यान्वयन गर्न वातावरणीय दृष्टिकोणबाट सुझाइएको कार्ययोजना
११. विपद् प्रभावित क्षेत्रमा लिइएका तस्विरहरु
पृष्ठभूमी
- बिक्रम सम्वत् २०८१ असोज १० देखि १२ गते सम्म आएको अविरल र भारी वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लामा भिषण बाढी, पहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा भएको ठूलो क्षति सन्दर्भमा । 
- जिल्ला विपद् ब्यबस्थापन समिति, काभ्रेपलाञ्चोकद्वारा यसको कारण र प्रभावको अध्ययन गरी भावी दिनमा निराकरणका लागि सुझाव पेश गर्न डिभिजन वन कार्यालयले लिड गर्ने गरी वातावरण क्लष्टर गठन गरे पछि । 
अध्ययन टोलीमा सहभागी 
    १. वन अधिकृत÷वातावरण निरीक्षक, देवराज घिमिरे, डिभिजन वन कार्यालय काभ्रे ।
२. भुगर्भबिद्, प्रकाश चन्द्र घिमिरे, पुल्चोक इन्जिनियरिङ्ख क्याम्पस, ललितपुर ।
३. वातावरणविद्, निराजन श्रेष्ठ, पुल्चोक इन्जिनियरिङ्ख क्याम्पस, ललितपुर ।
४. वन अधिकृत रनिता बराल, सबडिभिजन वन कार्यालय, खोपासी ।
५. वन अधिकृत पबित्रा तिमल्सिना, सवडिभिजन वन कार्यालय, कटुन्जे ।
पुनरावलोकनकर्ता
१. क्लष्टर प्रमुख तथा डिभिजनल वन अधिकृत कृष्ण बहादुर थापा
बिपद र क्षतिका कारकहरु 
क) प्राबिधिक आयामबाट

-    पुल निर्माण गर्दा च्भतगचल एभचष्यम र ज्थमचययिनथ को पर्याप्त तथ्याङ्कको बिश्लेषण गरेर गरिएन । यसले गर्दा पुलको माथीबाट बाढी पसी पुल भत्किएको देखियो ।
-  ग्रामिण सडक निर्माण गर्दा भिरालो जमिनमा ऋगततष्लन, ँष्ििष्लन गरिएको ठाउ‘मा आवश्यक संरचना ९द्यचभबकत धबिि, च्भतबष्लष्लन धबिि०, पानीको निकास, वातावरण मैत्री वायो इन्जिनियरिङ्ग ९द्यष्य(भलनष्लभभचष्लन० बनेको नदेखिएको । 
-  ग्रामिण सडकहरु भिरालो स्थानमा निर्माण गर्दा पनि आवश्यकता भन्दा बाहिर दुई लेनको बनाउने कार्यले बढी कटान गर्नु परेको (रोशी गाउ‘पालिका) ।
-   ग्रामीण सडक निर्माण गर्दा कतिपय स्थानमा पुराना पहिरोहरु परेको र सडक त्यही ठाउ‘बाट खन्दा पहिरो रोकथामको ब्यबस्था नगरिएको ।
-  माटो परिक्षण ९क्यष् ितभकत० नगरी घरका जग हालेको र खोलाको छेउमा भएका घरहरुको जग क्अयगच मभउतज भन्दा माथि भएकोले पक्की घरहरु खोलामा ढलेको ।
-   खोलाको क्यिउभ नचबमष्भलत बढी भएको ।
-   पातलो माटोको पत्र भएको भिरालो स्थानमा ठूला प्रजातिका रुख रोपण÷विकास ।
-  Mechanization & repeated excavation on Agriculture Land .

ख) वातावरणीय आयामबाट
-   ग्रामीण सडक तथा अन्य संरचनाको निर्माण गर्दा वातावरणीय अध्ययन नहुनु, भएकाहरुको पनि प्रभावकारी कार्यावयन नहुन ।
-  जलवायू परिवर्तन पानी ठूलो र निरन्तर पर्नु (खोपासी ः भतचययिनष्अब िक्तबतष्यल को तथ्याङ्क अनुसार मिति २०८१/६/१०, ११ र १२ गतेको वर्षाको रेकर्ड क्रमशः ४३२ मी.मी, ३१३ मी. मी.र २२४ मी.मी. देखिएको)
-   वर्षान्तमा अत्याधिक वर्षाको कारणले जमिनको सतहको माटो प्राकृतिक खोल्सीहुँदै खोलामा पुगेको र खोलामा रहेका ढुङ्गा, गिट्टी, माटो, वालुवा (क्रसरले छाडेको, बाटो खन्दा र जमिन सम्याउ‘दाको) बग्दा खोलाको सतहसंग घर्षण भई भिरालोपना कम भएको ठाउँमा थुपारेको । यसले खोलाको सतह बढाएको र इखभचायिध भइ खेत, पुल, बस्तीमा बग्न गई क्षति गरेको । बग्ने क्रममा खियाउने र थुपार्ने काम संगसगै हुँदै गएको ।
-  प्राकृतिक नाला (खोल्सा) हरुमा पनि अत्याधिक वर्षाको कारणले पानी निकास अत्याधिक ह‘ुदा भू–क्षय भै नदीमा मिसिदा र समथर ठाउँमा थुपारिएको गेग्रान ९म्भदचष्क० ले नदीको धार परिबर्तन भएको एबं चौडाई पहिलेको तुलनामा ४ गुणा सम्म बढाएको र खोलाको सतह ४‐५ मी. सम्म माथी उठेको ।
ग) भौगोलिक आयामबाट
-   भिरालो र कमजोर जमिन, पातलो माटोको सतह, जमिनको भिरालोपना  र चट्टानको ढल्काई एकैतर्फ भिरालोतिर हुनु । 
-   भिरालोपना ३० डिग्री भन्दा बढी भएमा भूक्षयको संबेदनशीलता बढ्छ । अध्ययन क्षेत्र बेथानचोक, पनौती र रोशीको भिरालोपना लगभग ४० डिग्री भन्दा बढी पाइयो । 
-   खाेंच बीचमा बस्ती भएको, दुबैतिरबाट पहिरो र बीचमा खोला बाढी आउँदा भाग्ने ठॉउ भएन । (बेथानचोक ४ र पनौती १२ को हकमा ) 
-    माटो परिक्षण ९क्यष्रिद्यबकभ तभकत ० नगरी घर तथा भौतिक संरचना बनाइएका ।
घ) राजनैतिक आयाम
-   ग्रामीण सडक निर्माण हु‘दा न्भयाचष्भलमथि मभकष्नल, भकतष्mबतभ अनुसार स्थान छनौट नगरी नभइ राजनैतिक दबाब र भावना ९भ्mयतष्यल ७ क्भलतष्mभलत० को आधारमा छनौट गरी तोकिनु (पनौती न.पा.क्षेत्रमा) । ख्बगिभ दबकभ ख्भचकगक ँबअतरक्अष्भलअभ द्यबकभ।
-   भिरालो ग्रामीण भेगका एकल वा सानो वस्तीका लागि पनि बाटो निर्माण गर्ने निति ।
-   संघ, प्रदेश र स्थानीय तहले समानान्तर रुपमा बाटो निर्माणको बजेट निकासा गर्नु ।
ङ) सामाजिक, आर्थिक आयामबाट
-   रेमिट्यान्सले ल्याएको समृद्धि  र रोजगारी प्रयोजन सजिलोको लागि नदी÷बाटोको छेउमा बस्ती बसेको ।
-   खोलाले पार्ने प्रभाव बेवास्ता गरी बस्ती बिकास । खोला किनारमा बस्ती बस्ने क्रम बढ्दै जॉदा खोलाका भू–स्वरुपहरु नबुझी खोला हिड्ने ठाउ‘ ९ँयियम एबिष्लक० र टारमा बस्ती बस्नु ।
-  पूर्बसूचना प्रबाहको बेवास्ता गर्ने सामाजिक परिवेश ।
-  ीबलम ग्कभ एबिललष्लन गरी सो अनुसार भू–उपयोग गर्न तयार नहुनु ।
-   प्रकोप पूर्ब तयारी कार्ययोजनाको अबस्था स्पष्ट नहुनु ।
-   चुस्तदुरुस्त अनुगमन नहुनु र भएपनि सुझाव कार्यान्वयनको अभाव रहनु ।
-   अन्तरसरकारी निकायबीच चुस्त समन्बय हुन नसक्नु ।
जलवायुजन्य विपद्बाट भएको क्षति विवरण
-   विभिन्न सामुदायिक, कवुलियती वनहरुमा बाढी पहिरोबाट पाटेसल्लो, उत्तिस, खयर लगायतका १३,४२७ वटा रुखहरु ढलेर क्षति भएको ।
-   सरकारद्धारा ब्यबस्थित वनमा ९४५ वटा रुख ढलेको  । 
-   निजी जग्गामा रहेका आबादीका रुखहरु जग्गाधनीले कटान गरी बिक्रीको लागि घाटगद्दीमा राखेको ४२०० क्यू.फी. काठ बगाई लगेको  ।
-   साना ठूला गरी करिव ८५० स्थानमा पहिरो गएको ।
-   अन्य क्षति पालिका र अरु क्लष्टरबाट प्रस्तुत भए बमोजिम समाबेश गरिने ।
सृजीत परिणामहरु
-   मानबीय, सामाजिक, आर्थिक, भौतिक, जैविक क्षती भएको ।
-   जमिनको क्षयिकरण र भू–क्षय भएको, पहिरो गएको ।
-   नदीको धार परिबर्तन भएको (रोशी, चलाल गणेशथान)
-   नदीको चौडाई ४ गुणासम्म बढेको ।
-   नदीको सतह ४–५ मी.सम्म माथि आएको ।
-  बिद्यालय, सार्वजनिक संस्था, मठ, गुम्बा, सिंचाइ कुलो, जलबिद्युतको ड्याम, चभकभचखयष्च र बिद्युत उत्पादन गृह, रुख बिरुवा, वन्यजन्तुहरुको क्षति भएको ।  
-   किसानले कटान गरी बेच्नको लागि तयार गर घाटगद्दीमा राखेको निजी नम्बरी जग्गाको काठ बगाएको ।
-   विपद पछि हैजा, पखाला तथा महिला, वालवालिकाहरुमा मनोरोग देखिएको ।
-   पिडित परिवारमा अन्यत्र पलायन हुने सोच पलाएको ।

स्थलगत भ्रमणमा देखिएका र सरोकारवालहरुबाट उठाइएका वातारणीय सवालहरु 
वन जंगल क्षेत्रमा पनि पहिरो कतै बढी, कतै कम गएको देखियो, पहाडको शिरमा कम गएको, बीच र तल्लो भागमा बढी देखियो । वन जंगल भएको ठाउमा पहिरो जानु नपर्ने होइन र ? भन्ने सवाल सम्बन्धी जवाफ –

-   माटोको प्रकार प्राय बलौटे भएको, माटोले पानीलाई थेग्न सक्ने क्षमता भन्दा अत्याधिक पानी परेको र सो माटो आफैं तरल बनी बग्दै गएको एबं सो स्थानको चट्टानको ढल्काई र भिरालोपनको ढल्काई एकै दिशामा रहेको ।
-   वनजंगलमा भएका रुख प्रजातीको जराको प्रकृती एबं पातलो माटोको तह र त्यसको मुनी रहेको चट्टानको कारण तलसम्म जान नसकेको ।
-  सामुदायिक वन ब्यबस्थापन नहुदा त्यसमा रहेका बुढा रुख भिरमा आफैंमा भार थाम्न नसकी ढलेको, झाडी सफाई, अग्नि रेखा निर्माण जस्ता काम नह‘ुदा आगलागी भई वनको क्षयिकरण र हरितगृह ग्यासको उत्सर्जन बढी जलवायु परिबर्तनमा टेवा पुगेको ।
-  वन क्षेत्रमा पहिरो गएको सम्बन्धमा वातावरणबिद, भू–गर्भबिद तथा वन प्राबिधिक टिम सम्लग्न भइ थप बिस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ ।
-   वन डढेलोले वन उजाड भएको र माटोको द्यष्लमष्लन ऋबउबअष्तथ घटाएको ।
यो मौसमजन्य बिपद आउनुमा जलवायु परिबर्तनका असरहरुको भूमिका रहेको हो वा होइन भन्ने जिज्ञासाको जवाफ
-   हो भन्ने बुझाइ रहेको । स्थलगत निरीक्षणको क्रममा बिगत ३० बर्ष यता पानी कम पर्ने, परे पछि निरन्तर र ठूलो पर्ने, बाढी पहिरो जाने, तातो बढेको, वालीनाली पाक्ने सिजन अगाडी सरेको जस्ता जलवायु परिबर्तनका असरहरुसंग मिल्ने असरहरु बुझिएको र यस मौसमजन्य बिपदमा जलवायु परिबर्तनको भूमिका कति हिस्सा रहेको छ भन्ने सम्बन्धमा थप अध्ययन गर्नु पर्ने देखिन्छ ।
खोलाले थुपारेको रोडा ढुङ्गा तथा म्भदचष्क के कसरी ब्यबस्थापन गर्ने सम्बन्धी जिज्ञासाको जवाफ ः 
-   खोलाको सतहमा  रोडा ढुङ्गा तथा म्भदचष्क पहिलाको सतह भन्दा ४‐५ मी. माथि सम्म थुपारिएको र खोलाको सतह माथि आएकोले सो को उचित ब्यबस्थापन नगरिए आउने भेलबाढीले थप समस्या सृजना गर्ने ह‘ुदा यसको हकमा थप अध्ययन गरी प्रतिबेदन अनुसार ब्यबस्थापन गर्नेपर्ने देखिन्छ । 

खानी तथा क्रसर उद्योगको उत्खनन्ले गर्दा बाढी पहिरो, नदी कटान, नदीले धार  परिबर्तन गरी क्षति गरेको हो ? भन्ने सवालको जवाफ 
-   क्अबभि ग्उ गरेको हो । अधिकांश खानी उद्योगले भिरालो जमिन खन्दा सो स्वीकृत ः ष्लष्लन क्अजझभ अनुसार द्यभलअजष्लन, संबेदनशील खस्न लागेको जमिनको सतहको माटो हटाई ीबलम  च्भअबिmबतष्यल लगायतका कार्य गरी गरेको पाइएन । 
-   अधिकांश क्रसर उद्योगहरुले माटो, वालुवा छानेर खोलाको छेउमा थुपारेको र बाढी आउँदा सो पनि मिसिएर थप लेदो बनी बाढीको सतह बढाउन, धार परिबर्तन गर्न, नदी कटान र नदीको चौडाई बढाउन सहयोग पु¥याएको देखिन्छ ।
-   मापदण्ड नपुगेका र दर्ता नभई सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालनमा कडाईका साथ रोक लगाउनुपर्ने देखिन्छ ।
-  दर्ता तथा नवीकरण भएर मापदण्ड पुगेका खानी तथा क्रसर उद्योगहरुको सम्बन्धमा थप स्थलगत अध्ययन गरेर प्राबिधिक प्रतिबेदनको आधारमा निरन्तर सञ्चालन गर्ने वा सञ्चालनमा रोक लगाउने भन्ने निर्णय गर्नुपर्ने देखिन्छ ।