2026 January 17/ 04:24: 27pm

श्याम बहादुर भुजेल
         नेपालको शैक्षिक यात्रा दशकौंको अनुभव, परिवर्तन र प्रयत्नको सेरोफेरोमा आज यहाँ आइपुगेको छ  जहाँ प्रत्येक मोडमा शिक्षा प्रणालीको गहिरो आत्ममूल्याङ्कन आवश्यक देखिन्छ ।
यस्तै मोडहरूमध्ये, माध्यमिक शिक्षा परीक्षा (SEE) केवल नतिजा प्रकाशनको औपचारिक प्रक्रिया मात्र होइन, विद्यार्थीको व्यक्तित्व निर्माण, मनोबल, जीवनदृष्टि र सामाजिक अवस्थाको ऐना पनि हो ।
सफलता–केवल अंक वा ग्रेड होइन, आत्मसाक्षात्कार हो, एसईई २०८१ मा सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई एवं उज्ज्वल भविष्यका लागि शुभकामना !
तपाईंहरूको अनुशासन, परिश्रम, आत्मबल र धैर्यले यो सफलता सम्भव भएको हो ।
विशेष बधाई ४.०० जिपिए हासिल गर्ने ती तेजस्वी प्रतिभाहरूलाई, जसले केवल आफ्नै मात्र होइन, विद्यालय, अभिभावक र समाजको गौरव समेत बढाउनुभयो ।
यस अवसरमा, म सम्पूर्ण शिक्षकहरू, अभिभावकहरू, विद्यालय सञ्चालक समिति र शैक्षिक नीतिकारहरूप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । तपाईंहरूको सामूहिक योगदानबिनाको यस्तो उपलब्धि सम्भव थिएन । नतिजा–केवल गणना होइन, जीवनदिशा हो ।
एसईईको परिणाम कुनै अंक सूची वा ग्रेडसिटको पाना मात्र होइन–यो एक ‘दिशासूचक संकेतक’ हो, जसले अबको बाटो कुन मोडमा मोडिन्छ भन्ने संकेत गर्छ ।
✅ सफल विद्यार्थीहरूका लागिः
–    अबको मार्ग सजिलो छैन, तर सम्भावनायुक्त छ ।
संकाय, विषय वा विद्यालय छनोट गर्दा साथीको लहलहैमा होइन, आफ्ना रुचि, क्षमता, जीवनदृष्टि र परिवारको आर्थिक यथार्थलाई ध्यानमा राखी निर्णय लिनुहोस् —किनभने यही निर्णय तपाईंको भविष्यको मेरुदण्ड हुनेछ ।
✅ NG ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूका लागिः
“असफलता अन्त्य होइन–नयाँ सुरुवातको ढोका हो।”
ल्न् ग्रेडको अर्थ तपाईं अयोग्य हो भन्ने होइन–तपाईं अझ मेहनत गर्न सक्ने, अझ सक्षम र अझ सक्षम बन्न सक्ने पात्र हुनुहुन्छ । आउँदो साउन २९ गतेको ग्रेडवृद्धि परीक्षा तपाईंका लागि पुनर्जन्मको अवसर हो ।
–    “अवसर गुम्दैन, प्रयास रोकिँदैन।”
दृढ आत्मविश्वासका साथ भन्न सक्नुपर्छ–आजबाट
“म पढ्छु यस्तो कि दुनियाँ पढ्न चाहोस् म जस्तो !”
अग्रिम सफलताको शुभकामना !
📌 शिक्षा–ज्ञानको भण्डार होइन, जीवनको दिशा हो
साँचो शिक्षा भन्नाले केवल किताबको अक्षर सिक्नु मात्र होइन–यो होः
सोच बदल्ने यन्त्र,
विवेक विकसित गर्ने माध्यम,
मूल्य–संवेदनशील निर्णय लिने चेतना।

शिक्षा केवल प्रमाणपत्र वा ग्रेडसिट पाउने साधन होइन —
यो अज्ञानको अँध्यारो चिर्ने टर्च,
अनिश्चित भविष्यमा निर्णय लिने कम्पास,
र व्यक्तित्व निर्माण गर्ने गहिरो प्रक्रिया हो।

हाम्रो शिक्षा प्रणाली केवल ‘अंक उत्पादन गर्ने मेसिन’ बन्नु हुँदैन —
यो ‘अन्तःकरण निर्माण गर्ने प्रणाली’ बन्नैपर्छ।

📌 शिक्षा — साझा जिम्मेवारी, साझा सपना

शिक्षा सुधारको जिम्मा केवल शिक्षक वा विद्यालयको होइन —
यो सरकार, नीतिनिर्माता, अभिभावक, सञ्चार माध्यम र सम्पूर्ण समाजको साझा जिम्मेवारी हो।

अब यस्तो वातावरण निर्माण गर्ने समय आएको छ —

जहाँ अङ्कभन्दा आत्मबल र सिर्जनशीलतालाई मान्यता दिइन्छ,
जहाँ असफलता ‘अन्त्य’ होइन, ‘फेरि सुरु गर्ने अवसर’ मानिन्छ,
र जहाँ हरेक विद्यार्थीले आफ्ना सम्भावनाको उज्यालो चिन्न पाउनेछ।

📌 क्भ्भ् २०८१ — आत्मचिन्तन र पुनर्निर्माणको यथार्थ

क्भ्भ् २०८१ को परिणामले कसैलाई उत्साह, कसैलाई आत्मबोध, त कसैलाई चुनौतीको महसुस गराएको छ।
यी सबै अवस्थाहरूले हामीलाई एउटा साझा सन्देश दिन्छन् —

शिक्षा गन्तव्य होइन, यात्राको नाम हो।

सफलता इनाम होइन, जिम्मेवारी हो।
र असफलता अपमान होइन, आत्मपुनरावलोकनको अवसर हो।

📌 नयाँ शिक्षा दर्शनतर्फ हाम्रो कदम

अब समय आएको छ —
हामी सबै मिलेर यस्तो शिक्षा प्रणालीको परिकल्पना गरौं —जहाँ मानवता, नैतिकता र विवेक प्रधान रहोस्,
जहाँ शिक्षा केवल योग्यताको प्रमाणपत्र होइन, जिम्मेवारीको पहिचान होस् ।

🎉 अन्तिम सन्देश

SEE २०८१ मा सफलता हासिल गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई!
यो केवल व्यक्तिगत उपलब्धि होइन — समष्टिगत सामाजिक उन्नतिको प्रतिबिम्ब हो।

अबको यात्रा यस्तो बनोस् —
जहाँ हामी केवल साक्षर वा शिक्षित मात्र होइन,
सजग, विवेकी र जिम्मेवार शिक्षित नैतिकवान नागरिक बन्न सकौं।
लेखक प्याब्सन काभ्रेपलाञ्चोकका अध्यक्ष एवं बिकटेश्वर इङ्लिश सेकेन्डरी स्कूल, बनेपाका प्रधानाध्यापक हुनुहुन्छ ।