पुर्खा देखिको परम्परागत कुलधर्म संस्कृति, मौलिक पहिचान र रितिरिवाज मासिंदै लगिन्छ, देशमा खाद्यान्न उत्पादनलगायत अन्य सम्पुर्ण उपभोग्य बस्तुहरुको उत्पादन ठप्प हुन्छ । मुलुकपुर्ण रुपमा परनिर्भर बन्दै जान्छ, मुलुकको अर्थतन्त्र बिदेशी र सिमित धनाढ्यकै हातमा हुन्छ । कृषि योग्यभुमी सबै भुमाफियाको हातमा सुम्पेर कंक्रिटमा परिणत गरिन्छ ।
हेमशंकर गिरी
यस विचारका लेखक स्वयं अघिल्लो माघ महिनाको तेस्रो हप्तातिर एकजना आफन्तको बिवाहभोजमा उपस्थित भएको थिए । सोहीक्रममा मसंँग पहिल्यै चिनजान एकजना उच्चतहका पुर्ब प्रहरी अधिकृतसंग भेट भयो । भोजको लागि दुबैजना लाईन बसेर गफगर्दै जांँदा उहाँले भन्नु भयो बिदेशतिर कतै मौका मिलेमा र परिवार तथा छोरा छेरीको भबिश्य निश्चित साथै सुरक्षित हुने भएमा यहाँ भएको मेरो सबै सम्पति त्यत्तिकै त्यागेर हिंड्ने थिएं । किन कि अब यो देश बस्नलायक छैन । उहाँको यस्तो भनाइमा मैले केहिबेर असहज महशुस गरें ।
भोज सकेर घर फर्केपछि उहाँको भनाइले मलाई धेरै दिनसम्म पोल्यो र सोच्न बाध्य बनायो । अनि यो निश्कर्ष निकाले कि जुन मुलुकमा न्यायमा समानता छैन, सुशासन छैन, देश र जनताको सुरक्षा गर्ने निकायहरु लाचार हुन्छन, न्यायालय शासकको आदेश र तजबिजिमा चल्छ, ब्याप्त भ्रष्टाचार, दण्डहिनता, बेरोजगार, ब्याप्तमहंगी र शिक्षा स्वास्थ्यमा ब्यापारीकरण, पक्षपात, नाताबाद, कृपाबाद र हरेक क्षेत्रमा अति राजनिकरण बढ्दै जान्छ, मुलुकको सिमित ब्यक्ति तथा बिदेशी दलाल मुठ्ठीभरले मुलुकको सम्पुर्ण निकायलाई सेटिङमै चलाउंँदै काबुमा राखेर लुट मच्चाईरहेको हुन्छ, नागरिकको सुचनाको हक र वाक स्वतन्त्रतालाई खुम्चाईएको हुन्छ । आफ्नो पुर्खा देखिको परम्परागत कुलधर्म संस्कृति, मौलिक पहिचान र रितिरिवाज मासिंदै लगिन्छ, देशमा खाद्यान्न उत्पादनलगायत अन्य सम्पुर्ण उपभोग्य बस्तुहरुको उत्पादन ठप्प हुन्छ । मुलुकपुर्ण रुपमा परनिर्भर बन्दै जान्छ, मुलुकको अर्थतन्त्र बिदेशी र सिमित धनाढ्यकै हातमा हुन्छ । कृषि योग्यभुमी सबै भुमाफियाको हातमा सुम्पेर कंक्रिटमा परिणत गरिन्छ । जुन मुलुकमा साम्प्रदायिक सदभाब खल्बलाईएको हु्न्छ । मुलुकको स्वतन्त्रता, सार्बभौमिकता, अखण्डता र स्वाधिनता गुम्दै जान्छ र मुलुकको राजकीय सत्ताको चाबी अन्यत्र सुम्पिएको हुन्छ त्यस्तो मुलुक बस्न लायक हुदैन र? शिक्षित, चेतनशील र स्वाभीमानी देशभक्त नागरिक पिडामा पर्छन । स्वदेशमा बस्नै सक्दैनन । दुःखको साथ भन्नुपर्दा वर्तमान नेपाल त्यही अबस्थाबाट गुज्रिरहेकोले पनि शिक्षित युवाहरुले दिनानु दिन देश छाड्दै छन र बिदेशमा सेटलमेण्ट हुना साथ बाबु आमालाई समेत तान्न थालेका छन ।
खासगरी नेपालमा २०४६ अझै बिशेषगरी २०५२ फागुन १ गतेदेखि मच्चाईएको द्वन्द्व र २०६२÷२०६३ को परिबर्तन पछि नै यो मुलुकले उद्योगधन्दा कलकारखाना गुमायो । महत्वपुर्ण प्राकृतिक स्रोत साधनहरु गुमायो । २०५० साल सम्म खाद्यान्न विदेश निर्यात गर्ने मुलुक २०८० मा आईपुग्दा आफ्नो उत्पादनले ४ महिनान धान्ने अबस्थामा पुग्यो । विश्वमा जलस्रोतमा दोस्रो धनी मुलुक अहिले आएर जनता काकाकुलको अबस्थामा पुग्दैछौं । राष्ट्रको गौरव र पहिचानको रुपमा रहेको सम्पुर्ण राष्ट्रिय धरोहर तथा विश्वमै अनौठो र विशिष्ट मानिएको विविध मौलिक धर्म संस्कृति र रीतिरिवाजहरु गुमायौं । आफ्नो संस्कृतिलाई ध्वस्त बनाएर जबरजस्त बिस्थापित गर्दै पराया संस्कृतिलाई स्थापित गराउँंदै लगियो । मुलुकलाई सिक्किमिकरणको बाटोमा लैजानकै लागि २०६३ मंसीरदेखि अहिलेसम्म ५० लाखभन्दा बढी बिदेशीलाई नेपाली नागरिकता बाँंडिसके । यसले पनि मुलबासी नेपालीहरु अल्पमतमा पर्ने निश्चित छ । मुलुकलाई भुराजनितिक चपेटामा पार्ने गरी अन्तर्राष्ट्रिय भु–राजनीतिक रणनीतिको दाउपेचमा स्पष्ट कित्ताकृत गरिसकिएको अबस्था छ । यसलेपनि देश र आमजनता असुरक्षित हुने अवस्था छ । विदेशी स्वार्थ र योजनामा जबरजस्ती ल्याईएको ब्यबस्था र संविधानकै कारण मुलुक क्षतबिक्षत अबस्थामा पुग्दैछ । तीन दशकअघि प्रति केजि ६० पर्ने उपभोग्यबस्तु अहिले १हजार ३ सय पुगिसक्यो । समाजमा हुनेखानेहरुले अनियन्त्रित रुपमा गरेको बिलासी सामग्रीको प्रयोगको साथै फजुल खर्च र देखासिकीले गर्दा सामान्य नागरिकले आफ्नो ईज्जत ढाक्न हम्मे हम्मे परिरहेको छ । मानिसको न्युनतम आधारभुत आबश्यकताभित्र पर्ने शिक्षा, स्वास्थ्य, गाँंसबास र कपास दिनानु दिन महँंगिदै गई जनजीविका ज्यादै महंगो बन्दैछ । साथ–साथै नागरिकको टाउकामा करमाथि कर थप्ने काम भईरहेको छ । देशको सार्वभौमसत्ता र नागरिकलाई साक्षीराखेर लिईने बैदेशिक ऋण बर्षेनी बढोत्तरी छ । बल्लतल्ल दुखजिलो र ऋणधन गरेर शिक्षा आर्जनपछि रोजगारीको ग्यारेन्टी छैन । लगानी गर्ने क्षमता भएकाहरुले लगानी गर्दा डुब्दै जाने क्रम बढ्दो छ । अन्तिममा आत्महत्या रोज्न बाध्य पारिएको छ । यति सानो र गरिब मुलुकमा भिभिआईपी संख्या ५ हजारभन्दा बढि छ जबकी ठुलो र धनीमुलुकहरुमा बढिमा ३२÷३३ सय भेटिन्छ । केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय निकायका जनप्रतिनिधि तिनीहरुका सेवकहरु सहित गरि करिब ४५ हजारले राज्यकोषबाट मोजमस्ती गरिरहेका छन । पुर्ब राष्ट्रपतिदेखि विभिन्न तहका नेताहरूलाई बर्सेनि आर्थिक सहायता र बिदेश उपचारमा गरिने खर्चहरुको फेहरिस्त त डर लाग्दो नै छ । सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक र ईन्जिनियरहरु मुलुकको साझा छैनन । दलैपिच्छे विभाजित छन् । न्यायालय, अख्तियार र संबैधानिक निकायहरुमा दलको भागबण्डामा आ–आफ्ना कार्यकर्ता अर्थात समर्थक नियुक्ति हुन्छन । प्रहरीका ईन्सपेक्टरदेखि माथिसम्म, निजामतीका उच्चपदस्थ र न्यायमुर्तीहरु राजनितिक दलहरुका आशीर्वाद थाप्न बाध्य छन् ।
यीनै बेथितिहरु लगायत देशको सरकारी तथा सार्बजनिक जग्गाहरु बिदेशी तथा धनाढ्यहरुको कब्जामा पर्नेगरी बेचिंँदा, भ्रष्टाचार, अन्याय, बेथिति र देशहित बिपरित हुनेगरी अन्य मुलुकहरुसँंग गरिएको सन्धि सम्झौताको बिषयमा कुरा उठाउँंदै बिरोध र खबरदारी गर्ने देशभक्तहरुलाई ब्यवस्था बिरोधि भन्दै राज्यद्वारा धरपक्कड भईरहेको छ । अझ ब्यक्तिगत रुपमा असुरक्षित महशुस भईरहेको छ । ठुला राजनितिक दल र सत्ताधारी दलका नेता कार्यकर्ताहरुले सर्बसाधारण नागरिकको हत्या गर्दा, भ्रष्टाचार गर्दा र लुटपाट मच्चाउंँदा कानुनले छुंदैन तर देश र जनता बचाउने पक्षमा आवाज दिनेहरुमा निर्मम ढंगले दबाउने काम भएको छ । उदाहरणको रुपमा विभिन्न तहको अदालतले राजिनिक दलका नेता कार्यकर्तालाई दोषी ठहर गरि फैसला गर्दा पनि त्यस्ता अपराधिहरुलाई प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैन । संसारको कुनैपनि मुलुकमा हाम्रो मुलुकमा जस्तोगरी सिण्डिकेट प्रणालीको राजनिति, निशेधको राजनिति, स्वार्थ र सत्ताको लागि सिद्धान्तबिहिन गठबन्धन गर्दै जसलाई सिध्याउन मन लाग्यो त्यसलाई सिध्याउने काम हुंदैन । फरक बिचार बोक्ने र फरक धारको राजनिति गर्नेहरु कुनै प्रकारको दोषी नभएपनि सत्ताको दुरुपयोग गर्दै जबरजस्ती दोषी बनाउने तथा असुरक्षित बनाउने गतिविधिहरु बढेको देख्दा न्यायप्रेमी, स्वतन्त्र र देशभक्तहरु आत्तिएको अबस्था छ । अझ अर्काे गम्भीर संकट त बिशेषगरी माओको नाममा ईण्डोपश्चिमा मिशनले बोकाएर पठाएको अबाञ्छित गतिविधि र मुद्दाकै कारण निम्तिदै गरेको बहुपक्षीय साम्प्रदायिक द्वन्द्वले झनै असुरक्षित बनाउने भएकोल ेपनि यो देश बस्न लायक देखिंदैन यसको पुष्टि हुने आधार मुलुकको कार्यकारी पद सम्हालेका प्रधानमन्त्रीले केही दिनअगाडि आफ्नो पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा अब म जातीय क्षेत्रीयताको आन्दोलन शुरु गर्छु र यसको सुरुवात मधेशबाट सुरुवात हुनेछ भन्ने अभिब्यक्ति आएको छ । अनि भनम अब नेपालमा किन बस्ने ?(लेखक गिरी सामाजिक अभियन्ता एवं पुर्ब सैनिक हुन ।) मदानी बिट डटकमबाट





