बाजे तपाई पनि झोले हो ? प्रश्न सिम्पल थियो । मेरो नातिको कसोकसो उसको प्रश्नले मलाई केहि समय केहि दिन मेरो दिमाग ततायो । भएपनि म स्वयम त्यो कुरामा सम्यमित भई । नातिको कुराले गर्दा धेरै समय पछि यो पंक्ति कोर्दै छु ।
खास यो पंक्तिकारको हैसियतले कताबाट पंक्ति कोरै खोई तर पनि राज्यको हरेक राजनैतिक कुराले म स्वयम्लाई यो पंक्ति कोर्दासम्म पनि राजनैतिक तरङगले छाडेको छैन । राजनैतिक हिसाबले २०३६ सालको राजनैतिक दिशा २०३६ कै हाराहारीमा भएको बहुदल निर्दलको चुनाव ताकाको मेरो बालमस्तिष्कले निलो छाप बहुदल हो बाबु अहिले पञ्चायति व्यवस्थाको कुचक्रलाई तोड्न बहुदलको पक्षमा तपाईहरुजस्तो नव युवाहरु लाग्नै पर्दछ भन्दै स्थानिय काका स्व.दामोदर कर्माचार्य तत्कालिन नेता रामशरण हुमागाई जस्ता भुमिगत नेताहरुको संगत देखि २०४६ सालसम्म आदरणीय कम्युनिष्ट नेता तुयुकाजी ताम्राकार, माधव अधिकारी सरहरुसँगको संगत अनि उहाँहरुको प्रशिक्षण कार्यक्रम यता काग्रेस नेता स्व. श्रीराम काका, द्धारिका, सप्तलाल काकाहरुको सँगत पनि २०४६ को त्यो ठुलो पहिलो जन–आन्दोलनमा भाग लिदै सङ्घर्ष गदै थिए । २०४७ को राजा सहित सहमतिमा नयाँ संविधान २०४७ लाई नेपाली जनताले मान्दै थियो । व्यवस्था बहुदलीय क्रम सुरु भयो २०५१ सालसम्म आइपुग्दा नेपाली कांग्रेसको बहुमतको सरकार ७४ र ३६ से भई सो समयमा मध्यावधि चुनाव पछिको अवस्था स्व. कमरेड मनमोहन अधिकारीको ९ महिने त्यो स्वर्णिमकालमा प्रथम कम्युनिष्ट लोकप्रिय नेता मनमोहनको पालामा आफ्नो गाउँ आफै बनाउँ, असक्त, बृद्धहरुलाई मासिक भत्ता त्यतिबेला एमालेले गरेको थियो । तत्कालीन महासचिव जननेता मदन भण्डारी कुशल संगठन जीवराज आश्रित कमरेडहरुको बीचको समयमा अवसान हुँदा निकै रोएको व्यक्ति म हँु ।
समय चल्दै गइरहेका थियो । बहुदलीय व्यवस्थाभित्र स्व. गिरिजा बाबु, कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीकालमा मुलुक चलेकै थियो । जब २०५१÷०५२ सालमा केहि बुँदा म सहित तत्कालीन जनमोर्चाका बाबुराम भट्राई, प्रचण्डजीहरुले तत्कालिन प्र.म शेरवहादुर देउवालाई कहि बुँदा माग राख्दा स्व. माग पुरा गर्न नसकी मुलुकले माओवादी जनयुद्धको नाममा हजारांै जनताहरुले १२ वर्षसम्म बलिदानी गरेको थियो । त्यसपछि २०५९ सालदेखि राजा ज्ञानेन्द्रद्वारा तत्कालीन प्र.म शेरवहादुर देउवालाई असक्षम सरकार भनेर अपदस्त गर्दा देखि नै छ दलीय राजनैतिक दलले आन्दोलन गरेका थिए । यति नै बेला झन्डै २०६२÷०६३ सालसम्म झण्डै चारवर्ष साहि राजाको निरंकुश शासनको विरुद्धमा लडेका अनुभव पनि हामीसँग छ । शाहि शासनको विरुद्ध लाग्दा तत्कालिन एमाले महासचिव माधव नेपाललाई लामो समयसम्म गृह (घर नजरवन्दी) यता गिरिजा लगायत थुप्रै प्रजातान्त्रिक नेताहरुलाई लामो समय फेरी राजा ज्ञानेन्द्रले जेलनेल ठोकेकै थियो । यो त्यतिबेला कम्ति सङघर्षको दिन थिएन । उता २०५२ सालदेखि विद्रोहि माओवादी शक्तिको संघर्ष यता प्रजातन्त्रिक दलहरुद्वारा संघर्ष राजा ज्ञानेन्द्र विरुद्ध हुदै गर्दा अन्ततः ०६२÷६३ शसक्त जनआन्दोलद्धारा तत्कालिन राजा ज्ञानेन्द्र शाह दरवार छाडि सितल निवास सरे ।
आज यसरी यो तमाम हर्कत राजनैतिक पृष्ठभुमिमा २०३६ देखि २०६२÷६३ सम्मको आन्दोलनलाई साच्चिकै जनताद्वारा जनतालेनै गर्ने शासन लोकतन्त्र, गणतन्त्रको नाममा नयाँ संविधान २०७२ बनेको छ । साधारण संविधान नसोचै यसलाई हाल राज्य संघीय र प्रदेश सरकार मार्फत शासन चलेको छ । सात प्रदेश र स्थानिय निकाय हाल सक्रिय छ । समय परिस्थिति बदलिएको छ । २०७९ को स्थानिय चुनाव अनि २०७९ मंसिरको संसदीय चुनाव, प्रदेशको चुनाव सकिएको छ । हाल आएर स्वतन्त्र पार्टीका नेताहरुद्धारा काठमाण्डौं न.पा त्यस्तै, धरान न.पा मा स्वतन्त्र नगर प्रमुखले जितेको छ । यता २०८० वैशाख १० को उपनिर्वाचनपछि स्वतन्त्र पार्टीका रवि लामिछाने, चितवन क्षेत्र नं २ र स्वर्णिम वाग्ले तनहुबाट गरि उपेन्द्र यादब बारा क्षेत्र गरि ३ निर्वाचन क्षेत्रबाट जितेका छन् । पक्कैपनि पुराना दलहरुमा यतिबेला पुरानै ढर्रामा राजनैतिक चलेको हो ? राजनैतिक यतिवेला आर्थिक संकटको चपेटामा चलेको छ । राज्य संघीय ढर्रामा खर्च बढेको छ त्यो आफ्नो ठाउँमा छ अब पुराने पार्टी हालको राज्यको यो गहन अवस्थामा नेताहरु टुट्ने फुट्ने चलनबाट केहि सोच्नुपर्ने बेला आएको छ । यो उप निर्वाचनमा निर्वाचनबाट नयाँ जितेर आउनुभएको सभासद्हरुलाई स्वागत छ । यति पंक्ति माथिदेखि कोदै आउँदा राज्यमा पुराना पार्टीले केहि गरेन नभनै पक्कै पनि केहि केहि विकास भएकै होला अब अन्तमा सामाजिक सञ्जालबाट कसैलाई ठेस लाग्ने कुरा पोस्ट नगरौं । मुलुकमा शान्ति आर्थिक, सामाजिक विकासको रुपान्तरको लागि प्रतिक्षामा छ । जुनसुकै पार्टीहरुले पनि मुलुकको प्रगति चाहन्छ नै यसमा अतियुक्ति नहोला । नयाँ पार्टीको काम हेर्न बाँकी नै छ । आत्तिने र मात्तिने नगरांै । पुराना पार्टी कार्यकर्ताहरुलाई यो झोले भन्ने शब्द प्रयोग बन्द गरांै । शिष्ट सभ्य भाषा प्रयोग गरांै । यो उपनिर्वाचन पछि निर्वाचित उहाँ स्वतन्त्र सभासद्हरुले राज्यको महत्वपुर्ण कामको लागि हातेमालो गरौं ।









