2026 February 25/ 04:28: 08am

    बनेपा/बनेपा निष्ट कलेजको आयोजनामा तथा आईटी ईनोभेसन क्लबको सहकार्यमा २८ घण्टाको ह्याकाथन, डिजाइन प्रतियोगिता, ई–खेलकुद र सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । 
    निष्ट टेक कार्निवल २०२६ जसले युवा नवप्रवर्तकहरू र प्राविधिक उत्साहीहरूलाई दुई दिनको रचनात्मकता, प्रतिस्पर्धा र सहकार्यको लागी उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल दिपक भट्टले बताए । ह्याकथनमा कलेजका ६१ जना विद्यार्थीहरुले १५ वटा टिम बनाई स्वास्थ्य सेवालाई दिगो रुपमा लानका लागि एपको निमार्ण गरेका थिए । माघ २९ गते विहान ७ बजे शुरु गरिएको उक्त कार्य फागुन १ गते विहान ११ बजे सम्म लगातार २८ घण्टा लगाएर एप निर्माण गरेका थिए । उक्त कार्य सम्पन्न पश्चात निष्ट फाउण्डेशनका अध्यक्ष डा. माधव बरालले निष्ट कलेज ज्ञान आर्जन गर्ने भण्डार रहेको बताए । यहाँ शिक्षाको कारखाना भएकाले विद्यार्थीहरुले चाहेको सिप सिक्न सकिने केन्द्र रहेको बरालले बताए । उक्त आईटी ह्याकाथनमा उत्कृष्ट हुने टिमलाई नगद २५ हजार प्रदान गरिएको थियो । उक्त पुरस्कार राशीले विद्यार्थीहरुलाई थप हौसला मिल्ने बरालले बताए । ह्याकथन साथै डिजाईन, ई खेलकूद र सागिंतक कार्यक्रमको आयोजना गरिएको थियो । कलेजले विद्यार्थीहरूलाई उनीहरूको समस्या समाधान गर्ने क्षमता, रचनात्मकता, तार्किक सोच र प्राविधिक सीपहरू बढाउन व्यावहारिक प्लेटफर्म प्रदान गर्ने निर्देशक डा. राजेन्द्र घिसिङ्गले बताए । आई टीले भविष्यका शैक्षिक र व्यावसायिक चुनौतीहरूको लागि विद्यार्थीहरूलाई तयार गर्दै नवप्रवर्तन, सहकार्य र डिजिटल क्षमतालाई प्रोत्साहन गर्न कलेज लागरिहेको घिसिङ्गले बताए । 
    कार्यक्रममा प्रिन्सिपल दिपक भट्ट, सहायक प्रिन्सिपल राजिब श्रेष्ठ, प्रशासन प्रमुख पुण्यप्रसाद कट्टेल, आईटी संयोजक लगायतले उक्त कार्यक्रमका बारेमा बताएका थिए । कलेजले विद्यार्थीहरुको लागी सिपलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।