2026 May 03/ 07:34: 08pm

    धुलिखेल/प्रहरीले घर निर्माणका लागि प्रयोग हुने फलामको टेका चोरी गर्ने समुहलाई पक्राउ गरेको छ । २०७९ मसिंर ११ गते राति बनेपा नगरपालिका वडा नम्बर ६ गोसाईकुण्ड स्थित पदमकुमार दुलालको निर्माणाधिन घरबाट फलामका टेकाहरु चोरी भएको थियो । 
    फलामको टेका चोरी भए पछि दुलाल र निर्माण गर्ने ब्यवसायीले प्रहरीकोमा जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा विभिन्न विधी प्रयोग गरेर चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्वर ८ घर भएका ३५ बर्षिय दिनेश लामा, सिन्धुली जिल्ला तिनपाने गाउँपालिका वडा नम्बर ९ बस्ने २६ बर्षिय मान सिं पाख्रिन, सोहि ठेगाना भएका २८ बर्षिय पदम ब्लोन, १८ बर्षिय लिला ब्लोन र २३ बर्षिय टेकबहादुर मिजार रहेका छन् । उनिहरुबाट प्रहरीले घर बनाउनको लागी प्रयोग हुने फलामको २ सय ६० थान टेका बरामद गरेको छ । प्रहरीले चोरी गरी लगेको टेका २०७९ पौष २१ गते काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ को राम मन्दिर स्थित कपन लसुनटार भन्ने स्थानमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो । चोरी कार्यामा संम्लग्नहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० चोरी तथा डाँका संम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ ।