पनौती/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु पनौती नगर कमिटीको तेस्रो नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेकपा एमाले पनोती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँईको प्रमुख आतिथ्यता तथा अनेरास्ववियुका निवर्तमान नगर कमिटी अध्यक्ष गुञ्जन बञ्जाराको सभापतित्वमा कार्यक्रम भएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । अनेरास्ववियु पनौती नगर कमिटी अध्यक्षमा सुजन सापकोटा, उपाध्यक्षमा बिनायक न्यौपाने, सचिव निशान सापकोटा, सह–सचिव सलिना बञ्जारा र शिशिर सापकोटा, कोषाध्यक्षमा निलम भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा निराजन आचार्य, दिपेश श्रेष्ठ, मनिका हुमागाँई, सविना सापकोटा, निकी भण्डारी, सिम्रन रिसाल, संस्कार ढुंगाना, मान बहादुर सिंतान, सजनी बजगाँई र अनिश लामा चयन हुनुभएको छ । तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँईले स्ववियु निर्वाचनको तयारीमा केन्द्रित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले धनी र गरिब तथा सरकारी र सामुदायिक विद्यालयमा हुने शैक्षिक विभेद हटाउनु प्रमुख चुनौती रहेको पनि बताउनुभयो । सामाजिक रुपान्तरणको अभियान विद्यार्थीको भुमिका प्रभावकारी हुने उहाँको भनाई थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य सुनिता थापा, दिपेश घिमिरे, अनेरास्ववियु काभ्रेका उपाध्यक्ष हेमराज हुमागाँई, सचिव मिलन गौतम, सह–सचिव युवराज दाहाल, सुमन जैरु, नेकपा एमाले नगर कमिटी सदस्य भिमसेन आचार्य, अनेरास्ववियु जिल्ला कमिटी सदस्य सरिता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।









