2026 May 03/ 05:20: 48pm

    धुलिखेल, रवि/धुलिखेल नगरपालिका वडा नम्वर २ रविले स्थानीयहरुलाई क्षमता तथा नेतृत्व विकास सम्बन्धी ७ दिने प्रशिक्षण शुरु गरेको छ । अध्यक्ष अर्जुन न्यौपानेले तालिमको शुभारम्भ गर्दै स्थानीयहरु नेतृत्वका लागि सक्षम बन्न तालिम शुरु गरिएको बताउनु भयो । 
    अध्यक्ष न्यौपानेले विशेषगरी स्थानीय स्तरमा केहि गरौ भन्ने सोच भएर पनि नेतृत्व विकासका लागि प्राविधिक ज्ञानका कारण पछि हट्ने अवस्था सिर्जना हुन नदिन नेतृत्व विकास तालिम शुरु गरिएको बताउनु भयो । संचारकर्मीद्धय मोतीराम तिमल्सिना र भूवन रायमाझीले तालिममा प्रशिक्षण दिनु भएको थियो । तालिमको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सिता पराजुली कोईराला, वडा सदस्यहरु सुर्यप्रसाद ढुंगाना, सुजिता विक, वडा सचिव सुनिता जंगम लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले तालिम पश्चात समुदायमा नेतृत्व विकासका लागि सहज हुने अपेक्षा ब्यक्त गरेका छन् ।