2026 May 03/ 05:20: 49pm

    बाँसडोल/बाँसडोल सामुदायीक बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभाले सुरेन्द्र महतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
समितिको उपाध्यक्ष राजन थापा, सचिब रामकृष्ण कुवँंर, कोषाध्यक्ष कल्पना कुवँंर सदस्यहरुमा श्याम बहादुर भुजेल, लक्ष्मी खड्का, गोकुल बहादुर कुवंर, प्रल्हाद सत्याल, उद्धब वाग्ले, आशिष शर्मा वाग्ले, हरी खड्का, पुजा हमाल र शान्ता थापा निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितीको संयोजक कञ्चन भुजेल, सदस्यमा गीता दाहाल र राम विक्रम खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । 
संस्थाको १६ औ वार्षिक साधारण सभाको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुँवंरले गर्नु भएको थियो । कुवंरले वडामा रहेको सहकारीले सदस्य हितका लागी काम गर्न सुझाब दिनु भयो । बहुदेश्यीय नाम मात्र नभई सोहि अनुसारको सामुहिक लगानी गरी सदस्य मुखी बन्नु पर्ने कुवँरले वताउनु भयो । बचत तथा ऋणको मात्र कारोबार नगरी रोजगार मुलक सामुहिक लगानी तर्फ जानु पर्ने र वडाले गर्नु पर्ने सहजीकरणका लागी तयार रहेको बताउनु भयो । सदस्यहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम, कृषिमा लगानी, ब्यापार ब्यबसाय तर्फ लगानी गर्न सुझाब दिनु भयो । वडा बाट हुने सम्पुर्ण सहयोग र सहजीकरण गर्न तयार रहेको बताउदै कुवँंरले स्थानीय सरकार र सहकारी समन्वय गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । 
    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योती बास्डोल उप शाखाका सभापती तथा संस्थाका प्रमुख सल्लाहकार मुकुन्द शर्मा, वडा सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संसथाको आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन रामकृष्ण कुवँंरले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष हरीरशण विष्ट र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक उद्धब वाग्लेले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ७८ लाख ४३ हजार, कुल निक्षेप १३ करोड ५३ लाख २९ हजार, ऋण लगानी १४ करोड ८५ लाख १३ हजार रहेको जनाएको छ । संस्थाले सदस्यहरुका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाका अध्यक्ष वकिलनाथ शर्माले वताउनु भयो । वार्षिक कार्य योजनाका साथ सस्था अगाडी बढेको वताउदै शर्माले सदस्य अभिमुखीकरण तालिम, शिक्षा शिबिर, अध्ययन अबलोकन भ्रमण, सुत्केरी भेटघाट, रासनायीक मल खरिद विक्रि, वित्तिय साक्षरता लगाएतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको शर्माले वताउनु भयो । कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान, उत्कृष्ट शेयर सदस्य, ऋणी, बचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको ब्यबस्थापक अनन्तप्रसाद तिमल्सिनाले जानकारी दिनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष वकिलनाथ शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।