पनौती/काभ्रे अंग्रेजी माध्यामिक विद्यालय पनौतीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी २९ विद्यालयको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा केयुएचएस धुलिखेलका दुर्लभ गौचनले पहिलो स्थान हासिल गरेका छन् । यस्तै काभ्रे अंग्रेजी माध्यामिक विद्यालय पनौतीका कृतलसिं महत दोस्रो तथा केयुएचएसका शुभओम कोइरालाले तेस्रो स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले विद्यार्थीको चौतर्फि विकासमा खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संयोजन विद्यालयका गणित विभाग प्रमुख रामकुमार थापाले गरेका थिए । कार्यक्रममा बोल्दै काभ्रे अंग्रेजी मावि पनौतीका प्राचार्य बसन्तराज नेपालले आगामी दिनमा पनि विद्यार्थीमैत्री कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । विद्यार्थीको गुणात्मक विकासमा लागिरहने समेत उनले प्रतिवद्धता जनाएका छन् ।









