धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आगामी मसिंर २३ गते शुक्रबार सदरमुकाम धुलिखेलमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । जिल्ला स्थित सरकारी कार्यालय, १३ वटै स्थानीय तह, १ सय ३५ वटै वडा र जिल्लामा भएका सबै संघ संस्थाहरुको प्रतिनिधित्व रहने गरी लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम आयोजना गरिन लागेको समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिनु भयो ।
लैङ्गिक हिसां न्यूनिकरणका लागि सामुहिक प्रतिबद्धता सहित जनचेतना अभिबृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको समन्वय प्रमुख गौतमले जानकारी दिनुभयो । बागमति प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका अध्यक्ष अनुराधा कोईरालाको प्रमुख आतिथ्यतमा हुने कार्यक्रमको पुर्व सन्ध्यामा धुलिखेल बसपार्कबाट धुलिखेल रङ्गशालासम्म ब्यानर तथा प्लेकार्ड सहितको ¥याली र धुलिखेल रङ्गशालामा सास्कृतिक प्रस्तुती रहने छ । उक्त कार्यक्रममा विभिन्न भेषभुषा र झाँकी, प्ले कार्ड तथा ब्यानर सहितको ¥याली हुनेछ । महिला उद्यमिहरुद्वारा उत्पादित सामाग्रिहरुको स्टल, कानूनी सहायता डेस्क, महिला हिंसा बिरुद्धको चेतनामूलक सास्कृतिक कार्यक्रम तथा प्रहसन हुनेछ । मनोज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारी, सुप्रिम मल्ल, आयुशा गौतम लगायत स्थानीय कलाकारहरुको समेत सहभागिता रहने उक्त कार्यक्रममा काभ्रे जिल्ला घोषणापत्र प्रतिवद्धता सहित सार्वजनिक हुनेछ ।
सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रिय स्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान यो वर्षमा मसिंर ९ गते देखि शुरु भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० हुने उक्त अभियानको उदेश्य सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने रहेको छ ।
बनेपामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्तक्रिया
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नगर प्रमुख शान्ति रन्त शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि र न्यूनिकरण सम्बन्धि छलफल भएको थियो । नगर प्रमुख शाक्यले अहिलेको प्रविधिले पनि लैङ्गिक हिंसा बढेको बताउनु भयो । आफ्नै घर परिवार बाट लैङ्गिक हिंसा रोक्न सबै क्षेत्रबाट लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले यस्ता कार्यक्रमलाई अभियानमा मात्रै नभई अन्य समयमा नै निरन्तरता दिने वताउनु भयो । पिडितहरु अझै खुल्न सक्ने अबस्था नरहेकोले लैङ्गिक हिंसा सहे्र नबस्न पिडितलाई आग्रह गर्नु भएको थियो । नगरपालिकामा न्यायिक समिती छ, प्रहरी कार्यालय, मेलमिलाप केन्द्रहरुमा समेत उजुरी गर्न सकिने सापकोटाले बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएस्पी रेशम बोहोराले लैङ्गिक हिंसाका घटनाहरु बढ्दै गएको बताउनु भयो । गत आर्थिक वर्षहरु भन्दा बढेकाले यसलाई न्युनिकरणमा लाग्नु पर्ने बताउनु भयो । ईलाका प्रहरी कार्यलय बनेपामा आएका उजूरीहरुलाई ९५ प्रतिशत मेलमिलाप गरी पठाएको बोहोराले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमागाई, महिला तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुवेदी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बेथानचोकमा वक्तृत्वकला कार्यक्रम
ढुंखर्क/बेथानचोक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिलाहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमको प्रमुख आथित्यतामा सञ्चालन गरिएको थियो । प्रमुख अतिथी गौतमले लैङ्गिक हिंसा विरुद्ध २३ गते बृहत सचेतना ¥यालीको आयोजना गरिएकाले सहभागी हुन आग्रह गर्नु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्र हुनै कुनैपनि हिंसा विरुद्ध नगरपालिका कानुन अनुसार कार्वाहि गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, ग्रामीण विकास संस्थाका अध्यक्ष गिता शर्मा लगायतको आथित्यता रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ६ नै वडास्तरका कार्यक्रमहरु समापन पश्चात बिहीबार गाउँपालिका स्तरीय वक्तृत्वकला कार्यक्रममा १९ जना महिला तथा किशोरीहरुले सहभागीता जनाएका थिए प्रतियोगितामा रोमिन वाईबाले प्रथम, सबिता दाहाल द्वितीय र रिमा थापाले तृतीय स्थान हासिल गरेका छन् । बेथानचोक गाउँपालिकाले वर्षेनि लैङ्गिक हिंसा विरुद्धको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाइदै आएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।









