2026 May 03/ 05:20: 49pm

    बनेपा/कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १८ औं साधारण सभा तथा १० औं अधिवेशन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अधिबेशनको बन्द सत्रले अध्यक्षमा रामचन्द्र न्यौपाने, बरिष्ठ उपाध्यक्षमा श्रवण कुमार आचार्य, उपाध्यक्षमा दिपक सापकोटा, सचिवमा देवकी आचार्य, कोषाधक्ष्यमा केवलप्रसाद तिमल्सिना र सहसचिवमा रुकेश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा ऋषिराम गौतम, रीता श्रेष्ठ, विवेक तिमल्सिना, श्याम गोपाल श्रेष्ठ, अवोध भुषण खोजु श्रेष्ठ, उज्ज्वल थापा मगर, प्रकाश पौडेल, उमेश अधिकारी, निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, क्यान महासंघ केन्द्रीय उपाध्यक्ष रंजित पोदार, नेपाल एसईओ कम्पनीका प्रमुख प्रकाश खतिवडा, क्यान महासंघ केन्द्रीय सचिब तथा क्यान काभ्रेका पूर्व अध्यक्ष शेखर नाथ दुलाल, लगायतले मन्तब्य राखेका थिए । सभामा स्वागत ऋषिराम गौतमले राख्नु भएको थियो क्यान महासंघ जिल्ला शाखा सचिव देवकी आचार्यले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।