धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचन आचार संहिता तथा संचारमाध्यमले पालना गर्नु पर्ने संहिताका बारेमा अन्र्तक्रिया गरेको छ । जिल्ला निर्वाचन अधिकारी उमेश राईले पछिल्लो गतिविधि र निर्वाचन तयारीका बारेमा जानकारी गराउनु भएको थियो । काभ्रेमा ३ लाख १० हजार ६३ मतदाता छन् । १६ सय भन्दा धेरै अस्थायी मतदाता छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले निर्वाचन आयोगले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।









