2026 May 03/ 04:17: 32pm

बुद्धिजीवी परिषद काभ्रेको आह्वान
    बनेपा/नेपाल बुद्धिजीवी परिषद काभ्रेले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । जिल्ला अध्यक्ष डाक्टर अम्बुभवानी कार्कीले विज्ञप्ति जारी गर्दै उक्त आह्वान गर्नुभएको हो । कथित स्वतन्त्र भनिने व्यक्तिवादी निरङ्कुशताका पक्षधर र  सिद्धान्तहीन “गठबन्धन“  मा लुटपुटिएकाहरु जनता अलमलाएर दुनो सोझ्याउन  झुट र भ्रमको खेती गर्न मात्रै तल्लिन देखिएको विज्ञप्तिमा उल्लेख छ । राजनीतिक सिण्डिकेटमार्फत सत्ता हत्याउने बाहेक ऊनीहरुको अर्को उदेश्य नरहेको अध्यक्ष कार्कीले बताउनुभयो । विज्ञप्तिमा भनिएकोछ, कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलाल, पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रमका परिकल्पनाकार मनमोहन अधिकारी र जनताको बहुदलीय जनवादको परिकल्पनाकार जननेता मदन भण्डारीको विरासत बोकेको सूर्यध्वजावाहक चिरपरिचित नेकपा. एमाले  काभ्रेली जनताको भर र विश्वासमा एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
संविधानले प्रबन्ध गरेको व्यवस्थाको जगेर्ना गर्दै समृध्दिको मार्ग पहिल्याउनु एमालेको एकमात्र उदेश्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो । राजनीतिलाई जनसेवा बाहेक अन्यथोक बन्न नदिन यो पार्टी कृतसङ्कल्पित रहेको उहाँको भनाई छ । यो सत्य काभ्रेका युवा, महिला, पेसाकर्मी, बुद्धिजीवी सबैले मनन गर्नुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
नेपाल बुद्धिजीवी परिषद काभ्रेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रान्तिक व्यवस्थाको सुन्दर पक्ष नै आवधिक निर्वाचन नै हो । यही आवधिक निर्वाचनमार्फत गुण–दोषको आधारमा सर्वसाधरणले दलको पक्ष वा विपक्षमा मतदान गर्छन । दलहरुले पनि प्राप्त जनमतको आधारमा आफूलाई सुधार्छन् ।  यसैले लोकतन्त्रमा सर्वसाधरणको स्थान सर्वोच्च हुने गरेको हो । यही सर्वोच्चताको सार्थकताको लागि आम निर्वाचन जस्ता विशेष अवसरमा सर्वसाधरण विवेकपूर्ण तवरले अत्यन्त सजग र सचेत रहनु पर्छ ।
आगामी ५ वर्षको लागि सुशासन, विकास, समृध्दि, समानता, देश र जनताप्रतिको उत्तरायित्वसँग संबन्धित २० ग्यारेन्टिसहित ’राज्यको समृध्दिको लागि नागरिक र नागरिकको सुखको लागि राज्य ’ भन्ने दृष्टकोणका साथ देशभर नेकपा एमाले  मतका लागि घरदैलो अभियानमा जुटेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिबृध्दि एमालेको उच्च प्राथमिकताको  विषय हो । राजनीतिक स्थिरताको संवद्र्धन गर्दै आर्थिक विकासको राजमार्ग पहिल्याउनु यसको अविचलित निष्ठा हो । यही कारणले गर्दा नै के युवा, के जेष्ठ नागरिक, के महिला, के प्रबुध्दवर्ग सबैको मनमष्तिस्कमा नेकपा. एमाले छाएको देखिन्छ ।
अघिल्लो अर्थात २०७४ सालको निर्वाचनमा यहाँहरुको अमूल्य मतले  निर्वाचित नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा विजय हासिल गरेका काभ्रेली जनप्रतिनिधिहरुले समग्र जिल्ला, क्षेत्रको समग्र विकासको पक्षमा गरेका दीर्घकालीन महत्वका कार्यहरु हामी सबैको मानसपटलमा ताजै छन्  । त्यही अवधिमा काभ्रेमा पहिलो पटक उल्लेख्यरुपमा विकासको मुहान फुटेको तथ्य घाम जतिकै सत्य हो । जन्मभूमि र मतदाताप्रति जवाफदेही हुने असल जनप्रतिनिधिमा इच्छाशक्ति भएमा धेरैथोक गर्न सक्दो रहेछ भन्ने दृष्टान्त पनि हो यो । 
यिनै पृष्ठभूमिमा प्रारम्भ भैसकेका र शुरुहुन बाँकी दीर्घकालीन महत्वका विकासात्मक कार्यहरुलाई अविच्छिन्नतवरले सुचारु राख्न, बदलिदो समयलाई संबोधन गर्ने नवपरियोजनाहरु भित्र्याउन, समग्र जिल्लाको सन्तुलित विकासको अभियानलाई अवरुध्द हुन नदिन,  केन्द्र एवं प्रदेशस्तरीय  राजनीतिमा काभ्रेको  उपस्थिति प्रभावकारी र सशक्त तुल्याउन, जनप्रतिनिधि चयन गर्न काभ्रेका जनता पनि उम्दा छन् भनी देशदेशावरमा सुसन्देश प्रवाह गर्न, संघीय राजधानी काठमाडौ उपत्यकाको वैकल्पिक स्थानको रुपमा काभ्रेलाई उभ्याएर यसको गरिमा बढाउन,  काभ्रेलाई औद्योगिक, व्यावसायिक, शैक्षिक, धार्मिक, पर्यटकीय, स्वास्थोपचारको ख्यातिप्राप्त केन्द्रको रुपमा विकसित गर्न, स्थानीय तह, प्रदेश र संघबीच समुचित समन्वय, अन्तर्क्रिरया र सहकार्यमार्फत अधिकाधिक समृध्दिसम्बध्द परियोजनाहरुलाई काभ्रे भित्र्याउन र हाम्रोले हैन राम्रोले गर्नको लागि मैदान पाउँनु पर्छ भन्ने मान्यता स्थापित गर्न यो पटक पनि अघिल्लो आमनिर्वाचनमा झै सम्बृध्द र गौरवशाली काभ्रेको पक्षमा रहेकाहरुले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ने.क.पा. एमालेका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न  सूर्य चिन्हमा मतदान गर्दा मात्र काभ्रे र काभ्रेलीप्रति न्याय गरेको ठहरिने तथ्य हेक्का राख्नु पर्छ । 
नेपाल बुद्धिजीवी परिषद काभ्रेले नेकपा. एमाले र यसका काभ्रेली उमेद्वारहरुप्रति कुनै गुनासा र असंतुष्टि भए त्यसतर्फ पनि खबरदारी गर्दै, जनताको विश्वासमा किञ्चित तलमाथि नगर्न र कस्तै अवस्थामा पनि काभ्रेप्रति अन्याय नगर्ने प्रण गराउँदै  सबै परमादरणीय काभ्रेलीहरुलाई आफ्नो अमूल्य मत स्वभावले हक्कि र विकासका संवाहक गोकुलप्रसाद बाँस्कोटा र उनका सहयोध्दाहरु रेशम लामा, दिलिप लामा, चन्द्र लामा, कुमार  खकुरेल र कुमार थापा र सममनुपातिक तर्फका उम्मेदवारको विजय सुनिश्चित गर्न सूर्यचिन्हमा मतदान गर्न अपिल गरेको छ ।