2026 May 03/ 01:52: 06pm

– अध्यक्षमा हरिश्चन्द्र घिमिरे
    बनेपा/सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल काभ्रेको दोस्रो जिल्ला अधिबेशन संघका केन्द्रिय महासचिव रामशरण वाग्लेको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथी वाग्लेले सेवानिबृत्त राष्ट्रसेवक कर्मचारीहरुलाई राज्यले उपेक्षा गरेको बताउनु भयो । सेवानिवृत्त राष्ट्र सेवकहरुबाट राज्यले धेरै काम लिन सक्ने थियो तर त्यतातर्फ राज्यले ध्यान पु¥याउन नसककेको वाग्लेको भनाई रहेको थियो । सेवानिवृत्त कर्मचारीलाई सबैले सममान गर्नुपर्ने वाग्लेले बताउनु भयो । कार्यक्रममा केन्द्रिय सचिब दुर्गाबहादुर केसी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, पेशागत महासघंका अध्यक्ष हरिचन्द्र लामिछाने, निजामती कर्मचारी संगठनका अध्यक्ष गायत्रीरमण घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हरिश्चन्द्र घिमिरेले राख्नु भएको थियो । कार्यक्रममा ८५ वर्ष भन्दा माथीका जेष्ठ सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मानार्थ सदस्य सहित जेष्ठ राष्ट्रसेबकहरू खड्गराज खरेल, रामप्रसाद शर्मा अधिकारी, ज्ञानकाजी मानन्धर, कृष्णप्रसाद मानन्धर र सानुबाबु थापा हुनुुहन्थ्यो । कार्यक्रमको सभापतित्व सघंका अध्यक्ष यादब थापाले गर्नु भएको थियो भने सञ्चालन सदस्य रामशरण बजगाईले गर्नु भएको थियो । 
    दोश्रो साधारण सभाबाट अध्यक्ष हरिश्चन्द्र घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा विद्रलाल श्रेष्ठ, सचिव रामशरण बजगाई, कोषाध्यक्ष कृष्णप्रसाद दाहाल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा केदारनाथ घिमिरे, डिल्लीप्रसाद आचार्य, शंकर दुलाल, कमला कायस्थ, उद्धवप्रसाद अधिकारी, अर्जुन बजगाई, बालकृष्ण श्रेष्ठ, विष्णुप्रसाद आचार्य र उदयबहादुर केसी रहनु भएको छ । केन्द्रिय प्रतिनिधिमा यादव थापा र दामोदर अधिकारी चयन हुनु भएको छ ।