रोशी/विन्ध्यबासिनी मावी रोशी ९ रजबासमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद रेग्मिको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको छ । रोशी ९ का अध्यक्ष जनम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका राजेन्द्र सिग्देल, जनप्रतिनिधि निलप्रसाद भुर्तेल लगायतको सहभागिता रहेको थियो ।
भेलाले डिल्लीप्रसाद रेग्मिको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समितिको पुर्नगठन गरिएको छ । समितिमा निरज सारु मगर, सुमित्रा लामिछाने मगर, मोहनकुमारी राना मगर, सरिता शाख ठकुरी, कुमार किङरिङ मगर, शिक्षक प्रतिनिधि तिलकराज न्युरे, बालक्लव प्रतिनिधि निशा तामाङ तथा पुष्पनयन चितौरे मगर, पदेन सदस्य जनमत तामाङ र सदस्य सचिव सविता थापा रहेका छन् । त्यस्तै सोहि भेलाले चोत्रबहादुर चितौरेको अध्यक्षतामा विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब ब्यवस्थापन समिति गठन भएको छ । समितिमा दिनेश दाहाल, सागर राना मगर, खड्गबहादुर ठाडा मगर र सदस्य सचिव गंगाराम राना मगर रहेका छन् । टेकबहादुर सुन्दासको अध्यक्षतामा पुस्तकालय ब्यवस्थापन समिति गठन भएको छ । समितिमा अर्जुनकुमार शाही, सुमित्रा विका, खिलबहादुर शाही र सदस्य सचिवमा विपना शाह रहेका छन् ।









