बनेपा/काभ्रे उद्योग बाणिज्य संघको आयोजनामा बनेपामा ब्यावसायिक लगानी अभिबृद्धी, काभ्रेको समुन्नती र समृद्धी भन्ने मुल नारा सहित आगामी असोज ३ गते देखि १५ गतेसम्म पाँचौ काभ्रे महोत्सव हुने भएको छ ।
महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र पसक्षेले महोत्सवमा काभ्रेपलाञ्चोकको परम्परागत कला संस्कृति, औधोगिक ब्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमत्ति काभ्रे महोत्सव आयोजना गर्न लागिएको बताए । बडादशैको पुर्व सन्ध्यामा आयोजना हुन लागेको महोत्सवमा काभ्रे लगायत उपत्यका, छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा र रामेछापबाट पनि सहभागिता रहने बताईएको छ । महोत्सवमा १ सय भन्दा धेरै स्टलहरु हुने महासचिव रविन्द्र बैदारले जानकारी दिनु भयो । महोत्सव सफल बनाउन विभिन्न क्षेत्रमा कृयाशिल उद्योगी ब्यवसायी तथा सहयोगीहरु रहने बताईएको छ । उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले महोत्सवमा समेट्न नसकिएका केहि विषयहरु आगामी दिनमा समेटिने बताउनु भयो । १३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी महोत्सव गर्न सहभागिहरुले आयोजकलाई अनुरोध गरेका थिए ।
महोत्सवलाई भब्य र सभ्य बनाउन अध्यक्ष राजेन्द्र पसक्षेको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने विभिन्न उप समिति गठन भएको छ । ममता केन्द्र नेपालको ब्यवस्थापन रहने महोत्सवमा नेपाल पर्यटन बोर्डको प्रर्वद्धन रहेको छ ।









