2026 May 03/ 11:53: 50am

धुलिखेल/धुलिखेल बहुउद्देश्यीय सहकारी संस्थाको छंैठौ अधिवेशन तथा १५ आंै बार्षिक साधारण सभा संस्थाका अध्यक्ष विश्वविजय चित्रकारको अध्यक्षतामा सम्पन्न भएको छ ।  
छैठौ अधिवेशनबाट पुनः विश्वविजय चित्रकारको अध्यक्षयतामा सात सदस्य नयाँ कार्य समिति  गठन भएको छ । समितीको उपाध्यक्षमा संजिव कुमार श्रेष्ठ सचिब पुजन श्रेष्ठ कोषाध्यक्ष रोजना श्रेष्ठ, र सदस्यहरुमा सन्तोष श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, चन्द्रप्रकाश श्रेष्ठ रहनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिमा अषिश कोजुको संयोजकत्वमा सदस्यहरु विवेक खोजु र शोभिता कार्की रहनुभएको छ । कार्यक्रममा अध्यक्ष विश्वविजय चित्रकारले अध्यक्षको प्रतिवेदन, सचिब पुजन श्रेष्ठ सचिवको प्रतिवेदन कोषध्यक्ष रोजना श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन राख्नु भएको थियो भने व्यबस्थापक बाबुलाल तामाङ्ग स्वगत मनतब्य राख्नु भएको थियो । 
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ६ को वडा अध्यक्ष संजय कोजु, सेन्चुरी कर्मसियल बैंक पनौती शाखाको शाखा प्रमुख नविन माकजु लगाएतले मन्तब्य राख्नु भएकोे थियो ।