2026 May 03/ 01:03: 24pm

    भकुण्डेवेशी/रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपाले नमोबुद्ध नगरपालिकासँग आँखाको मोतियाविन्दु भएका नागरिकहरुका लागि निशुल्क उपचारको व्यवस्थाका लागि सम्झौता गरेको छ । 
    कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख कुन्साङ लामाले बताउनुभयो । उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।