पनौती/ईन्द्रेश्वर क्याम्पसको २१ औ वार्षिकोत्सव बागमती प्रदेशका पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा गत शुक्रबार सम्पन्न भएको छ ।
मन्त्री हुमागाईले नेपाली जनताले छिट्टै आफ्नै मुलुकमा उत्पादित रासायनिक मल र कृषि औजारहरु प्रयोग गर्न पाउने बताउनु भयो । उक्त कार्यका लागी डिपिआर अन्तिम चरणमा पुगेको हुमागाईले बताउनु भयो । काभ्रे जिल्ला पनि कृषिमा आत्मनिर्भर भएकाले बागमती सरकारले कृषिमा लगानी बढाएको हुमागाईले बताउनु भयो । कृषकहरुलाई कृषक परिचय पत्र, कृषि विमा कृषि औजार विउ विजन लगायतका सामाग्रीहरु स्थानीय सरकार मार्फत प्रदान गरिने हुमागाईले बताउनु भयो । क्याम्पसले समयको माग अनुसार कृषि तथा प्राविधिक विषयमा बढि केन्द्रित भई कक्षा सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिबेदन क्याम्पस प्रमुख श्रीकुमार सुवालले प्रस्तुत गर्नु भएको थियो । क्याम्पसले २०५८ सालमा ब्यबस्थापन संकायमा ३ वर्षे स्नातक तह, २०६३ मा ३ वर्ष विएड शिक्षा संकाय, २०६६ सालमा २ वर्ष स्नाकोत्तर तह (एमविएस) र २०७० सालमा मानविकि संकाय अन्र्तगत स्नातक तहमा कक्षा सञ्चालन गरिरहेको बताउनु भयो । २०५८ सालमा १ जना कर्मचारी र ६ जना प्रध्यापकबाट शुरु गरिएको उक्त क्याम्पस २०७९ सालको साउन सम्ममा ४ जना कर्मचारी र २५ जना प्रध्यापकबाट अध्यापन भैईरहेको, क्याम्पसको आफ्नै ३६ कोठे पक्की भवन शौचालय, क्यान्टिन लगायतका भौतिक पूर्वाधारहरु रहेको सुवालले बताउनु भयो । सामुदायिक सहभागिताबाट संचालित उक्त क्याम्पसमा पनौती क्षेत्रमा उच्च शिक्षाको सम्बन्धी नेतृत्वदायी भुमिका खेल्दै आएको सुवालले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुबेदी, क्याम्पसका उपाध्यक्ष राजेश श्रेष्ठ, प्राज्ञ जयराम कर्मचार्य, सञ्चालक सदस्य केशब थापा, विद्यार्थि प्रतिनिधी हरिराम आचार्य लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख, अध्यक्ष, कार्यसमिति सदस्य, कर्मचारी, प्राध्यापकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम क्याम्पसका सञ्चालक समिती अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।









