पनौती/पनौती पर्यटन विकास केन्द्रको स्थापना दिसको अवसर पारी संस्थाले १२ औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुले पदस्थापन गरेका छन् ।
अधिबेशनबाट अध्यक्षमा पुरुषोत्तम कर्माचार्यको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । समितिको उपाध्यक्ष बिकास होराजु, महासचिव सिजन सुद्धाकर, सचिव सपना कक्षपति उलक, कोषाध्यक्ष श्रवणकुमार खिबन्जार छन् । सदस्यहरुमा श्यामहरी महाजु, जीवनसुन्दर रघु श्रेष्ठ, हिरामाया मानन्धर, प्रशान्त श्रेष्ठ र बिकास सैजु रहेका छन ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले पनौतीलाई सांस्कृतिक, धार्मिक तथा कृषि नगरलाई पर्यटकिय शहरका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए । पनौती पर्यटन बिकास केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र महाजुले पनौतीको कला तथा संस्कृतीको जगेर्ना गर्न पनौती पर्यटन बिकास केन्द्रको स्थापना भएको बताए । कार्यक्रममा पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यको सभापतित्व रहेको थियो । पनौती बिकास केन्द्रलाई पनौतीको ७ नम्वर वडामा मात्र सिमित नराखी १२ वटै वडामा बिस्तार गर्ने र जिल्ला हुँदै नेपाल भर नै पनौतीको कला र संस्कृतिका बारेमा चिनाउन लागि पर्ने अध्यक्ष कर्माचार्यले भने ।









