2026 May 03/ 11:53: 50am

पनौती/नेपाल बुद्धिजिबी परिषद पनौती नगर कमिटीको प्रथम अधिबेशनबाट शशिकुमार बोलखे अध्यक्षमा चयन हुनुभएको छ । 
परिषद्को उपाध्यक्षमा बद्री प्रसाद शर्मा सचिब विनोद गिरी कोषाध्यक्ष कुमार खत्री उप–सचिव शान्ति बिजुक्छे र सदस्यहरुमा भिमसेन बस्नेत, दिलिप देउजा, अक्कल सिं थापा, श्रीकृष्ण थापा, दिपक थापा, अर्जुन खड्का, कृष्ण हुमागाई र सान्नानी मिजार रहनु भएको छ । उद्घाटन कार्यक्रममा परिषद्का जिल्ला अध्यक्ष डा. अम्बुभवानी कार्कीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी रामशरण घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जिल्ला उपाध्यक्ष विरबहादुर थापाले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य नेकपा एमाले पनौती नगर कमिटी सचिब सन्तोष केसी लगायतले राख्नु भएको थियो ।