को–अपरेटिभ म्यानेजर्स क्लब दोस्रो वर्षमा प्रवेश गरेको छ । क्लबले दोस्रो वर्ष प्रवेश गरेको अवसरमा बनेपा नगरपालिका भित्र रहेका सहकारीका व्यवस्थापन प्रमुखहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष मदन वस्नेतले क्लव स्थापना हुनुको उद्देश्य माथी प्रकाश पार्दै क्लवले प्रारम्भिक सहकारी संस्था, विषयगत संघहरु, जिल्ला सहकारी संघ, सहकारी बैंक र सहकारी वृद्घि विकासका लागी सहयोग गर्न चाहने अन्य संघ संस्थाहरुसँगको सहयोग र सहकार्यमा सहकारी संस्थामा कार्यरत जनशक्तिहरुको क्षमता विकासका लागी स्तरीय तालिमका माध्यमबाट सहकारी मर्म अनुरुप व्यवसायिक संस्था निर्माण र विकासमा सहयोग पु-याउनु रहेको बताउनु भयो । क्लबले एक वर्षमा क्लबले गरेका कार्यक्रमको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अहिले सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । क्लवले यो अभिमुखीकरण कार्यक्रम क्षेत्रिय रुपमा (पाँचखाल, पनौती र नमोबुद्घ) गर्ने तयारी गरेकोमा पहिलो चरणमा बनेपामा रहेका सहकारी संस्थामा काम गर्ने व्यवस्थापन प्रमुख र अधिकृत स्तरमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । क्लबले छिट्टै पाँचखाल, पनौती र नमोबुद्घमा कार्यक्रम गर्ने जानकारी गराईएको थियो । क्लबमा हालसम्म सहकारीका ब्यबस्थापन प्रमुख ५५ जना सदस्यहरु आबद्ध रहेको जानकारी दिईएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष मदन बस्नेतको सभापतित्वमा सम्पन्न भएको भएको थियो भने सञ्चालन सचिव ठाकुरनाथ अधिकारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष गोपाल प्रसाद दाहालले राख्नु भएको थियो ।









