2026 May 03/ 10:54: 13am

सचेत रहन चिकित्सको अनुरोध
    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा डेँगुका विरामीको संख्या थपिदै जान थाले पछि स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र बनेपा नगरपालिका  स्वास्थ्य शाखाहरु मार्फत नागरिकलाई सचेत रहन जनचेतनामुलक कार्यक्रम शुरु गरिएको छ । 
बनेपा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोगको रोकथाम नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा डेँगुको पहिचान भईसकेका विरामीहरुको घरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमणको श्रोत पहिचान गरी जोखिम हुन नदिन प्रभावकारी अनुगमनलाई जोड दिएको छ  र बनेपामा समेत डेँगु रोगको संक्रमण देखिएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘१२ जना पहिचान भएकोमा ६ जना जिल्ला भित्र र ६ जना बाहिरी जिल्लाका हुनुहुन्छ ।’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा १, धुलिखेलमा ३ र पनौतीमा दुई जनामा डेँगु पुष्टी भएको छ । जसमध्ये ४ पुरुष र दुई महिला छन् । काठमाडौ जिल्लाको एक, दोलखा एक र सिन्धुपाल्चोक मेलम्ची घर भएकी एक महिलामा, रोल्पाका ३ जनामा  डेँगु पुस्टी भएको छ । सामान्य ज्वरो आएर उपचार गराउन आएकी महिलामा असार १७ गते डेँगु देखिएको थियो । उहाँको केएमसी अस्पतालको आईसियुसमा उपचार भईरहेको छ । उहाँ बाहेक अन्य विरामीको अवस्था सामान्य छ । सबै विरामी घरमा उपचार भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. सेढाईले भन्नुभयो । 
    विरामी भएका सबै ब्यक्तिहरुको घरमा स्वास्थ्कर्मीहरुको टोली पुगेर स्वास्थ्य अवस्था तथा डेँगु हुन सक्ने सम्भावित अवस्था र त्यसका जोखिमहरुका बारेमा जानकारी गराएको छ । बनेपा ८ स्थित एक विरामीको घरमा पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको अवस्थाका बारेमा सोधपुक्ष गरी परिवारका सदस्यहरुको समेत परिक्षणका लागि रगत संकलन गरेको थियो  । बनेपा नगरपालिकाको स्वास्थ्य शाखाको टोली पनि विरामीको घरमा पुगेर वर्षातको समयमा जम्ने पानीको ब्यवस्थापन गर्न सल्लाह दिएको शाखा प्रमुख शम्भु कुमार महतोले जानकारी दिनु भयो  । अन्र्तक्रिया कार्यक्रममा वर्षातको समयमा परेको पानी विशेषगरी प्लास्टिकको भाँडा, टायर, पानीको ड्रम, गमला, फलामका कराई तथा अन्य साना साना भाँडाहरुमा जमेको शुद्ध पानीमा लामखुट्टेले डेँगु सार्न सक्ने अवस्था हुन सक्छ । ‘पानी जम्न नदिन, झुल लगाएर सुत्न र लामखुट्टेको टोकाईबाट बच्न अनुरोध गरिरहेका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाँईले भन्नुभयो–‘डेँगुका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न नागरिकहरु सचेत हुनु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका स्वास्थय शाखा प्रमुख शम्भु कुमार महतो, प्रशासकिय अधिकृत धुर्व राज नेपाल, वडा नम्बर ७, ८ र ९का वडा अध्यक्षहरु, जनप्रतिनिधी, स्वास्थ्यकर्मि लगाएतको सहभागिता रहेको थियो ।