बनेपा/बनेपा नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन नगर समिति र सरोकारवालाहरूलाई बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीमा नगरलाई आगामी आर्थिक वर्ष भित्र बालश्रम मुक्त नगर घोषणा गर्ने प्रतिबद्धता गरिएको नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । नगरपालिकाले पुरा गर्नुपर्ने केहि सुचकहरु बाँकी रहेकाले यहि अर्थिक बर्ष भित्र सम्पन्न गरिने छ नगर प्रमुख शाक्यले वताउनु भयो । गोष्ठिमा उप प्रमुख विमला सापकोटाले नगरलाई बालश्रम मुक्त गर्नका लागि निरन्तर लागिरहेको बताउनु भयो । गत हप्तामा नगरपालिका नितरन्तर होटल, ग्यारेज, सवारी साधन, घर तथा उद्योग कलकारखानामा बालबालिकाहरु प्रयोग भए नभएको अनुगमन गरिएको सापकोटाले बताउनु भयो ।
बालबालिकाहरुलाई जोखिम र निकृष्ट श्रममा नलगाउन श्रममा भएका बालबालिकाहरुलाई १५ दिन भित्र पुर्नस्थापनामा पठाउन र नमाने कानुन अनुसार कारवाही गर्न सिफारिस गर्ने भएकाले सबै नगरबासिहरुले बालश्रम मुक्त नगर घोषणाका लागि बालबालिकाहरुलाई जोखिमयुक्त काममा नलगाउन त्यसको निरन्तर अनुगमन गर्न जनप्रतिनिधी लाग्नुपर्ने सापकोटाले बताउनु भयो ।
१४ वर्ष भन्दा माथि १८ वर्षसम्मका बालबालिकाहरुलाई विद्यालय पठाएर उनिहरुले सक्ने खालका काममा लगाउन पाउने भए पनि निकृष्ट श्रममा भने लगाउन पाईने छैन जस्ता ५१ वटा सुचकहरु लागु गर्नुपर्ने
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदीले बताउनु भयो ।
जिल्लाको ब्यापारीक केन्द्र तथा विभिन्न जिल्ला र पालिकाहरुको समेत बसोबास रहेकाले बालश्रम हुन सक्ने भन्दै नगरपालिकाले निरन्तर अनुगमन गरीरहेको जनाएको छ । कार्यशाला गोष्ठिमा पुर्व गृह सचिब रेश्मीराज पाण्डे बालबालिका अभियान्ता हरिबोल आचार्ययले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कार्यहरुका बारेमा बताउनु भएको थियो । गोष्ठिमा विभिन्न सरोकारवाला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालयका प्रमुख नारायण थापा लगायतको सहभागिता रहेको थियो ।









