2026 May 03/ 10:54: 15am

विश्व सोतोकान कराँते महासंघ टोकियो जापानको आयोजनामा हुने १५ औ विश्व सोतोकान कराँते च्याम्पियनसिप ट्रेनिङ्ग तथा सेमिनारमा भाग लिने अवसर नेपाल सोतोकान कराँते संघले प्राप्त गरेको छ । अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अगस्ट १ देखि ७ गतेसम्म हुने तालिम तथा सेमिनारमा भाग लिन खेलाडीहरु छनौट भएको बताईएको छ ।
    सेमिनारमा नेपालको तर्फबाट अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठ, ब्यवस्थापक लिलाराज डाँगी, खेलाडी फडिन्द्रप्रसाद जंगम, अनिल लामा, अद्रिना थापा रहेका छन् । खेलाडीहरुलाई नेपाल खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले विदाई गर्ने कार्यक्रम रहेको छ । टोली विहिबार जापान प्रस्थान गर्नेछ ।