2026 May 03/ 09:52: 38am

    बनेपा/नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीले जिम्मेवारी शुरु गरेका छन् । अधिबेशनले नगेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो । उद्घाटन सत्र सम्पन्न भई बन्द सत्र शुरु भएको लामो समय पछि युनियनले नयाँ नेतृत्व पएको हो ।
    सोहि अवसरमा युनियनले नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचितहरुलाई १५ महिना पछि सम्मान गरेको छ भने २०७९ बैशाखमा स्थानीय तहमा काँग्रेसका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाई सम्मान गरेको थियो । साथै युनियनको सदस्य भएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो
    कार्यक्रम नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लागयतले स्थानीय तहका सरकारले सञ्चार क्षेत्रसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएका थिए ।