नाला/राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा बृक्षारोपण गरेको छ ।
प्रकृति प्रेमी नागरिकको उपस्थितिमा ‘जय संस्कृती, जय प्रकृति’ भन्ने मुल नारा लिएर साइक्लिनिङ्ग ¥याली संगै बृक्षारोपण गरिएको प्रतिष्ठानका संयोजक राजानन्द माण्डव्यले बताउनु भयो । कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वयन समिति काभ्रेका प्रमुख दिपक गौतम विशेष अतिथि, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले साईकलयात्रीहरुलाई विदाई गर्नु भएको थियो । नगरको पर्यटन विकासमा साईकल यात्राले थप सहयोग हुने समन्वय प्रमुख दिपक गौतमले बताउनु भयो । गौतमले बिरुवा रोप्न पाउनु, साइकल र बाताबरण बिच मानव जिबनको महत्वपूर्ण कडी भएको बताउनु भएको थियो । बनेपामा धेरै पर्यटक क्षेत्र भएकाले यसको विकास र संरक्षणमा लाग्नुपर्ने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । शाक्यले बनेपाको पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न सबै संघ संस्थालाई अनुरोध गर्नु भएको थियो ।
बनेपा नगरपालिकाबाट साईकल यात्रा शुरु गरी बनेपा नगरपालिका वडा नम्बर ३ को काशीभन्ज्याङ्गमा पुगी बृक्षारोपण गरिएको थियो । बृक्षारोपणको शुरुवात समन्वय प्रमुख दिपक गौतमले गर्नु भएको थियो । कार्यक्रममा बनेपा वडा ३ का अध्यक्ष रमेश दाहाल, विश्व साइकल यात्री पुष्कर शाह, साइकल यात्री अजित बराल सहित काठमाडौ, भक्तपुर र ललितपुर देखि उपस्थित साइक्लिस्टहरु, काशिभन्ज्याङ युथ क्लबका अध्यक्ष उद्धब बजगाई लगायतले काशीभन्ज्याङ क्षेत्रमा वृक्षारोपण गर्नु भएको थियो ।
कार्यक्रमका सभापति राजानन्द माण्डव्यले २०६४ सालबाट बन्द भएको टान संस्थाको साइकल यात्रा संगैको बृक्षारोपण कार्यक्रम १५ वर्षपछि पुन आफुले निरन्तरता दिएको बताउनु भयो । साइक्लिनिङ्ग ¥यालीमा देशभरका ६२ जना साइकल यात्रीको सहभागिता रहेको थियो भने बृक्षारोपणमा स्थानीय क्लब, ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









