2026 May 03/ 09:44: 55am

    बनेपा/रोटरी क्लब अफ काभ्रे भ्यालीको पदस्थान तथा दोश्रो स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ काभ्रे भ्यालीको पदस्थान तथा दोश्रो स्थापना दिवस कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा एजी विष्णुहरी दाहाल, जिएसआर कौशल कुमार दास, रोटरियन निगम हुमागाई लगाएत विभिन्न रोटरी तथा रोटट्रयाक क्लवसँग आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा क्लबले स्थापनादेखि हालसम्म गरेका उपलब्धिहरु र आगामी दिनमा गर्ने कार्य योजना बारे प्रस्तुत गरिएको थियो । संस्थापक अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०२२–२०२३ का  लागि समेत संचालक समिति गठन गरी पदस्थान गरिएको थियो । उक्त समारोहमा नयाँ क्लब सदस्यहरुलाई रोटरीको पिन र प्रमाण–पत्र वितरण गरिएको थियो । सहभागीहरुले क्लबका विभिन्न सामाजिक तथा वातावरणीय कार्यहरु तथा उपलब्धीहरुको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । क्लबका तर्फबाट आगामी दिनमा स्थानीय सरकारहरु संग समेतको सहकार्यमा  कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।
    नयाँ संचालक समितिमा अध्यक्ष अनुप कुमार श्रेष्ठ, सचिब अशोक पान्डे, उपाध्यक्ष बिभो कायस्थ, अध्यक्ष मनोनित रिकेस कायस्थ, सहसचिव प्रिया श्रेष्ठ, कोषाध्यक्ष नविना बैद्य, सहकोषाध्यक्ष अस्मिता बैद्य, मर्यादापालक संगिता श्रेष्ठ, युवा सेवा समिति संयोजक अभिषेक श्रेष्ठ, सुचना प्रविधी समिति संयोजक गौरब भण्डारी, शिक्षा समिति डाक्टर महेन्द्र थापा, स्वास्थ्य समिति संयोजक अभिषेक सुमन, परियोजना सेवा संयोजक डा. सन्जय मानन्धर, सदस्यता समिती संयोजक चार्ली नेपाल, क्लब प्रशासन समिती संयोजक श्री मानन्धर, सार्वजनिक छवि समिती संयोजक सरिता सापकोटा, क्लब फाउन्डेसनमा अजय हुमागाई रहेका छन् ।