2026 May 03/ 08:07: 38am

श्रीकृष्ण श्रेष्ठले घोषणा गरे प्रतिनिधि सभा उम्मेदवार
    बनेपा/नेपाल नागरिक अभियानको प्रथम साधारण सभा केन्द्रीय अध्यक्ष सशस्त्र प्रहरीका पूर्व एआईजीपी डा.ठाकुरमोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि स्वन्तन्त्र तर्फबाट उम्मेदवारी घोषणा गरिएको छ । उक्त पार्टीका तर्फबाट श्रीकृष्ण श्रेष्ठले प्रतिनिधी सभा क्षेत्र नम्वर २ बाट उम्मेदवारी दर्ता गर्ने घोषणा गरिएको छ । 
    रोशी गाउँपालिका घर भई बनेपामा बसोबास गरी स्वरोजगार रहेका श्रेष्ठ तीन महिना देखि अभियानमा जोडिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ठाकुरमोहन श्रेष्ठले मूल्यहीन राजनीति विरुद्ध अभियान देशभर संचालन भएको बताउनु भयो । संघीयताको खारेजीसँगै धर्म निरपेक्षता मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने अभियानको उद्देश्य रहेको उहाँले बताउनु भयो । सोहि अवसरमा नेपाल नागरिक अभियानका केन्द्रीय उपाध्यक्ष हेमरत्न शाक्य, महिला विभाग प्रमुख निरा रञ्जित, केन्द्रीय सदस्यहरु, अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा स्वतन्त्र युवाहरु अभियानमा सहभागी भएको घोषणा गरेका थिए ।