बनेपा/पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल काभ्रेले राँके जुलुस निकालेको छ । बनेपा बसपार्कबाट अनेरास्ववियुु र युवा संघले जुलुस निकालेको हो । मूल्यवृद्धि फिर्ता लिन माग प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र युवा सघंले प्रदर्शन समेत गरेको थियो । युवा सघंका अध्यक्ष सागर रायमाझीले ईन्धनको मुल्यबृद्धि फिर्ता नहुन्जेल आन्दोलन जारी रहने बताउनु भयो । सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।









