धुलिखेल/रोशी गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष आषिष रानाले श्रीखण्डपुरमा अस्थायी बसोबास गर्ने रोशीबासीहरुलाई धन्यवाद दिएका छन् ।
एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, रोशी गाउँ कमिटी अध्यक्ष देवसागर लामा, जिल्ला कमिटी सदस्य बविता बोहोरा तथा अन्य नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल ५ का अध्यक्ष प्रमोद श्रेष्ठ तथा अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मतदाताहरुलाई धन्यवादका साथै आगामी दिनमा विकास निर्माणका कार्यमा सहभागी हुन अनुरोध गरिएको थियो ।









