2026 May 03/ 05:31: 58am

१६ बुँदे घोषणापत्र सार्वजनिक
    बनेपा/नेपाली काँग्रेसका नेता उद्धवप्रसाद नेपालले नगर प्रमुखको उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली काँग्रेस भित्र इमान्दार र निष्ठा बोकेका नेपालको पार्टी भित्र लामो संर्घष र योगदान छ । उनले कुनै पनि अवस्थामा आफुले नगर प्रमुखको टिकट प्राप्त गर्नु पर्ने बताउनु भयो । 
२०५२ चैत्र देखि नेपाली काँग्रेशको क्रियासिल सदस्यता प्राप्त गरी बनेपा ३ बाट क्षत्रिय प्रतिनिधिको रुपमा काम गर्दैै आएका नेपालले २०५४ मा नेपाल तरुणदलको पूर्णकालीन सदस्यता प्राप्त गरी नगर कार्यसमिति सदस्य र नगर कार्यसमिति उपाध्यक्षको रुपमा काम गरेका थिए ।  बनेपाको नगर कार्यसमितिमा २०४७ माघ १० देखि हालसम्म निरन्तर कार्य समितिको विभिन्न तहमा सदस्य, सहसचिव सल्लाहाकारको रुपमा काम गर्दै आएका नेपालले नगर प्रमुखका लागि १६ बुँदे घोषणाा पत्र अघि सार्नु भएको छ ।