2026 May 03/ 05:31: 53am

बनेपा/बनेपा नरपालिका वडा नम्बर ९को वडा कार्यलय सगै बाजे बज्यै पार्क बन्ने भएको छ । 
पार्कको शिल्यान्यास बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले एक कार्यक्रमका बिच शिल्यान्यास गर्नु भएको छ । बादेले नगरपालिकाले बालबालिका, जेष्ठ नागरिक, महिला युवा लगायत सबै क्षेत्रमा काम गरेको बताउनु भयो । नरपालिकालाई नै बालमैत्री नगर घोषणाको तयारी गरिएको र साक्षर नगर, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको बताउनु भयो । भौतिक विकाससँगै नगरमा नगरवासीहरुको स्वास्थ्य क्षेत्रमा र आर्थिक उपार्जनका लागी सीपमूलक तालिम प्रदान गरिएको बताउनु भयो । निर्वाचनमा घोषण गरिएका प्रतिबद्धताहरु ९० प्रतिशत पुरा गरिएको बादेले बताउनु भयो । 
कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले बाजे बजै पार्कमा सुबिधा सम्पन्न बन्ने बताउनु भयो । पार्कमा बाजे बज्यैहरुलाई आराम गर्ने, छलफल गर्ने भेला गर्न सहज हुने र दिनभरी घरमा कोहि नहुँदा आराम गर्न मिल्ने सापकोटाले बताउनु भयो । दाहालले घरमा सबै परिवार काममा जाने र बाजे बजै एक्लै हुने हुदाँ दिन काट्न समेत गाह«ो हुने हँदा पार्कमा आई समय कटाउन सहज हुने बिश्वास ब्यक्त गर्नु भयो । उक्त पार्क निमार्णका लागी नगरपालिकाले रु १ करोड बजेट विनियोजित गरेको प्रमु प्रशासकिय अधिकृत कबिराज उप्रेतीले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष शेर बहादुर सुवाल, कार्यपालिका सदस्य अम्बिका प्रजापति, वडा सचिव बिशाल विक्रम कायस्थ लगायतको सहभागिता रहेको थियो ।