2026 May 03/ 05:31: 59am

    बेथान्चोक/भिमःदे्वः नेवा समाज बेथान्चोक गाउँपालिका वडा नम्वर ४ द्वारा आयोजित श्रीमद भागवत महापुराण सत्संग महायज्ञ मुल समारोह समितिले २०७८ चैत्र १९ देखि २७ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको छ । 
    चैत्र नवरात्रको विशेष अवसरमा नवनिर्मित भिमसेन मन्दिरमा पित्तलको छाना तथा सुन्दर गजुर निर्माण गरी बहु–उदेश्यीय भवन धर्मशाला भवन निर्माण गर्ने उदेश्यका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महायज्ञमा पण्डित बलराम उपाध्याय खकुरेलले कथा बाचन गरिरहनु भएको छ । महायज्ञको उद्घाटन कार्यक्रममा कलश यात्रा आयोजना गरिएको थियो । महायज्ञमा सहभागि भएर सहयोग गर्नेहरुको संख्या थपिदै गएको छ । आयोजकले महायज्ञमा सहभागि हुन आब्हान गरेका छन् ।