2026 May 03/ 04:43: 27am

स्थापना दिबसको अबसरमा खाद्ययन्न सामाग्री वितरण
बनेपा/उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.को २२ सौं स्थापना दिबसको उपलक्षमा संस्थाको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत धुलिखेल स्थित मानब कल्याण समाज, सेवा घरमा आश्रित ४२ जना बालक, बृद्ध, बृद्धाहरुका  लागि अति आबश्यक खाद्यान्न, तेल, चिनी, सरसफाईका सामानहरु,  ४२ जोर जुत्ता चप्पल लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।  
संस्थाका तर्फबाट अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले मानब कल्याण समाजका अध्यक्ष सुमी चौलागाईलाई हस्तान्तरण गर्नु भएको थियो ।  कार्यक्रममा संस्थाका सल्लाहकार अमन पोटे श्रेष्ठ, संचालक समितिका कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी, संचालक सदस्य प्रकाश चन्द्र जोशी, संचालक सदस्य श्यामकृष्ण श्रेष्ठ, संचालक सदस्य दिब्येश्वरी लाखे पोटे श्रेष्ठ, कार्यकारी प्रमुख कृष्णभक्त थापा तथा कर्मचारी लक्ष्मण दनुवारको उपस्थिती रहेको थियो । साथै संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले ब्यक्तिगत रुपमा म्याट खरीद गर्न रु १२०००।–बाह्र हजार पनि सहयोग गर्नु भएको थियो ।