निर्माण ब्यवसायी संघ काभ्रेको ७ औ अधिबेशन
धुलिखेल/सरकार फेरिए नै पिच्छे ल्याउने खरिद ऐन तथा नीतिगत अस्पस्टताका कारण निर्माण क्षेत्रमा निरन्तर समस्या भईरहेको ब्यवसायीहरुले निस्कर्ष निकालेका छन् । साथै ब्यवसायीहरुले तत्काल बृद्धी भएको मुल्य समायोजन हुन नसके निर्माण क्षेत्रमा भएका सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
निर्माण ब्यवसायी संघ काभ्रेको १२ बार्षिकोत्सव तथा ७ औ जिल्ला अधिबेशनमा सहभागि भएका केन्द्रिय, प्रदेश तथा विभिन्न जिल्लाका पदाधिकारीहरुले निर्माण क्षेत्र भित्र भएका विकृति विसंगति भित्र्याउने काममा सरकार जिम्मेवार रहेको बताएका थिए । अध्यक्ष उपेन्द्र घिसिङ्गले नीतिगत समस्याका कारण ब्यवसायीहरु संकटमा परेको बताउनु भयो । मुल्यबृद्धी समायोजन भएन भने ब्यवसायीहरुले कबोल गरेको दररेटमा बाहेक काम गर्न नसक्ने बताउँदै तत्कालै सरकारलाई मुल्यबृद्धी समायोजन गर्न, जिल्ला दररेटलाई चार चार महिनामा समायोजन गर्न माग गरेका छन् । केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले पछिल्लो पटक शंशोधन गरेको खरिद ऐनमा केहि प्रावधानहरु राम्रा भए पनि सहकारीलाई ५० ठेक्का पट्टाको काम गर्न दिने ब्यवस्था गलत भएको बताउनु भयो ।
बागमती प्रदेश सभाका सदस्य एवं पुर्व मन्त्री चन्द्र लामाले मुलुक निर्माणको संवाहक रहेका ब्यवसायीहरुलाई हतोत्साही हुने कुनै गतिविधि नगर्न सरकारलाई अनुरोध गर्नु भयो । ब्यवसायीहरुका समस्या समाधानमा राज्य अनुदार हुन नहुने बनताउँदै पुर्व मन्त्री लामाले ब्यवसायीहरुको हक हितका लागि संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, केन्द्रीय पदाधिकारीहरु, विभिन्न प्रदेश र जिल्लाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए । जिल्लाका बरिष्ठ उपाध्यक्ष विजय लामाले ब्यवसायीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने बताउनु भयो । ६ सय ब्यवसायीहरु आवद्ध संघको बन्द सत्रले नयाँ समिति निर्वाचित गर्नेछ । अधिबेशनको अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बन्द सत्रले विजय लामाको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।









