बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ५ काभे्रको आयोजनामा पाँचखालमा शेयर सदस्य सचेतना तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमितिका संयोजक शम्भुप्रसाद घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले सभापतित्व गर्नुभएको थियो । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा उप–प्रमुख लक्ष्मी दनुवार विशिष्ट अतिथि हुनुहुन्थ्यो । पाँचखाल ३ का वडाध्यक्ष सुन्दर अधिकारी, संंस्थाका उपाध्यक्ष, कोषाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल लगायत वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउने विभिन्न ९ माध्यमिक विधालयका प्र.अ. तथा प्रतिनिधिहरुलाई अतिथि थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शिक्षा उपसमितिका सदस्य हरिकृष्ण दाहालले राख्नुभएको थियो भने कार्यक्रमको औचित्यता माथी पाँचखाल सम्पर्क कार्यालयका संयोजक चतुर्भुज तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेललाई समग्र पाँचखाल नगरको विकास तथा सहकारी संस्थाहरु सञ्चालनको लागि उपयुक्त वातावरण तयार गरे वापत सम्मान गरिएको थियो । सदस्य सचेतना अन्तर्गत संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले शेयर सदस्यहरुलाई संस्थागत गतिविधि तथा सहकारी संस्थामा किन आवद्ध हुने भन्ने विषयमा प्रस्तुती दिनुभएको थियो । वक्तृत्वकला कार्यक्रम अन्तर्गत पाँचखाल नगरका ९ वटा निजि तथा संस्थागत विधालयवाट १७ जना छात्र छात्राको सहभागिता रहेको थियो । जसमा छात्रा तर्फवाट आजाद मा.वि.का छात्रा अर्चना उप्रेती प्रथम, गोल्डेन फ्यूचरकी ममता चौलागाई द्धितिय र गणेश मा.वि. कि तारा तामाङ तृतिय भएकी थिईन भने छात्र तर्फ नवप्रतिभा मावि का मुकेश मैनाली प्रथम, भगवती मा.वि.का प्रभास जोशी द्धितिय र सरस्वती शिक्षा गृहका अनुराग अधिकारी तृतीय भएका थिए । विजेता भाई बहिनीहरुलाई सम्मान पत्र, मायाको चिनो, नगद पुरस्कार र संस्थाको शेयर सदस्यता प्रदान गरिएको थियो भने सहभागि सवै भाई बहिनीहरुलाई वाटो खर्च उपलब्ध गराईएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले राख्नुभएको थियो । कार्यक्रममा कुल सहभागि करिव १५० जना रहनुभएको थियो ।









