2026 May 03/ 03:05: 44am

पनौती/पनौतीको ऐतिहासिक मन्दिर इन्द्रेश्वर महादेव मन्दिरमा महाशिबरात्रीको दिनमा महारुद्राभिषेक तथा हेलिकप्टर मार्फत पुष्प बृष्टि गरिएको छ ।
श्री भागवत धर्म संरक्षण समिति पनौतीको आयोजनामा गरिएको उक्त महारुद्राभिषेकमा १३० जना बटुकद्वारा पाठ गरिएको थियो भने भक्तजनहरुलाई पुष्प बृष्टि पछि प्रसाद गहण गराईएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, नेपाली कागं्रेस केन्द्रिय सदस्य मधु आचार्य लगाएतका ब्यक्तिहरुले शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रमको आयोजना पनौतीको ईन्द्रेश्वर मन्दिर तथा धार्मिक स्थलहरुका आध्यात्मिक प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएकाृ आयोजक समितीका अध्यक्ष अच्युत प्रसाद भट्टराईले बताउनु भयो । विकु नारायण ताम्राकारबाट