बनेपा/बनेपाको पुरानो तरकारी बजारमा अरुणोदय मेशिनरी एण्ड एग्रो सप्लार्यस सञ्चालनमा आएको छ ।
उक्त सप्लार्यसको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले सप्लार्यसलाई निरन्तर दिई गुणस्तरीय सामानहरु सप्लाई गर्न आग्रह गर्नु भएको थियो । कृषकहरुको माग अनुसार समय अनुसारका मेसिनहरु उपलब्ध गराउन र नयाँ प्रविधिको मेशिनहरु प्रयोग गर्न आग्रह गर्नु भएको थियो । नगरबासीहरुका लागी नगरपालिकाले प्रत्येक वर्ष कृषि औजारहरु वितरण गर्दै आएको हुदाँ उक्त कार्यक्रममा समते कृषकहरु सहभागि हुन आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो । उक्त सप्लार्यसका प्रोपाईटर धुर्व प्रसाद घिमिरेले कृषकहरुलाई होलसेल तथा खुद्रा तथा होलसेल मुल्यमा कृषि औजार प्रदान गरिने बताउनु भयो । आधिुनिक तथा समय अनुसारका कृषि औजार उपलब्ध रहेको घिमिरेले बताउनु भयो ।









