बनेपा/बनेपा नगरपालिका वडा नम्बर १० को महादेब स्थाथनाम गाई भैसी फार्ममा आगलागी भएको छ ।
आगलागीबाट ६ वटा गाई भैसीको मृत्यु भएको छ भने ६ वटा गाई भैसी जलेर गम्भिर घाईते भएका छन् । स्थानीय हरि अधिकारीले ब्यबसायीक रुपमा गाई भैसी पालन गर्दै आउनु भएको थियो । गोठमा आगलागी पछि नेपाल प्रहरी, स्थानीय बासी र बनेपा नगरपालिकाका पशु प्राविधिकहरु घटना स्थलमा गई उद्धार गरेका थिए । बनेपा नगरपालिका पशुपन्छी शाखा र नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एशोसियनको प्राविधिक टोलिले तत्कालै घटना स्थलमा पुगी उद्धार गरेको थियो ।
उक्त टोलीले पशुहरुको निशुल्क उपचार गरेको थियो भने घाईते पशुहरुको समेत निशुल्क उपचार गरिने पशुपन्क्षी शाखा रामशुन्दर सापकोटाले बताउनु भयो । पशु प्राविधिकहरु रामशुन्दर सापकोटा, सुर्यबहादुर खत्री, पवन केसी, उमेश घिमिरे र सजना सापकोटाले घाईते गाई भैसीको उपचार गर्नु भएको थियोे ।









