2026 May 03/ 02:15: 12am

    बनेपा/बनेपा नगरपालिकामा सञ्चालन भैईरहेको खोप तथा कोरोना नियन्त्रण कार्यक्रम सम्बन्धी अवलोकनका लागि विश्व बैंकको टोलीले बनेपा नगरपालिकामा अनुगमन गरेको छ । 
    बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले विश्व बैंकका कन्ट्रि डाईरेक्टर फेरिस हाडेड जिरभस, युनिसेफका नेपाल प्रतिनिधि डा. एलिक विस्च, डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश सम्बाजिरो मल्ल, डाईरेक्टर तथा डिभिजन प्रमुख डा.संगिता मल्ल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, डा. अमित भण्डारी, धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजु, डा. रजिव तथा डब्लुएचओका फोकल पर्सन डा. पवन उपाध्याय लगायतलाई स्वागत गर्दै बनेपा नगरपालिकाले गरेको स्वस्थका कार्यक्रम र खोप अभियानका बारेमा जानकारी गराउनु भएको थियो । 
    बनेपा नगरपालीकाले नगरबासीहरुको निशुल्क आँखाको मोतिविन्दुको उपचार गर्दै आएको, प्रत्येक वडामा स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक औषधी निःशुल्क उपलब्ध गराउँदै स्वास्थ्य शिविरहरु संचालन, विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनु भयो । बनेपामा कोभिड महामारीका समयमा बनेपा बासीहरुका लागी कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गरि निःशुल्क उपचार गरिएको, नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिई १०० बेडको क्वारेन्टाईन सञ्चालन गरिएको बताउनु भयो । 
कार्यक्रममा नगर पलिकाका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतीले सबै वडामा स्वास्थ्य चौकीमा खोप अभियान संचालन गरिएको र नगरमा ९८ प्रतिशतले खोप लगाइसकेको बताउनु भयो । हामीले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कुनै पनि काम बाँकी राखेको छैन उप्रेतीले भन्नु भयो, हामी नगरबासीहरुको स्वास्थ्य प्रति एकदमै चिन्तित रहेका छौ र नगरबासीहरुले पनि स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो लगायतको सहभागिता रहेको थियो । महतोले बनेपा नगरपालिककाले खोपको प्रगति र कोभिड महामारी नियन्त्रणमा भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो । बनेपा नगरपालिका डब्लुएचओका नेपाल प्रतिनिधि डा.राजेश सम्बाजिरो मल्लले खोप लगाएत स्वास्थ्य क्षेत्रमा उत्कृष्ट रहेको बताउनु भयो ।