उद्धब प्रसाद अधिकारी/पाँचखाल
प्रगतिशिल बहुउदेश्यीय सहकारी संस्थालिमिटेडको २२ औ वार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासघंका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी पोखरेलले सहकारीहरुले कोभिडका समयमा समते सदस्यहरुलाई सेवा दिएकोमा धन्यबाद दिनु भएको थियो । छरिएर रहेका ससना पुजींहरुलाई सकंलन गरी जनतालाई सेवा र उत्पादनमा लगानी गर्नु नै सहकारीको मुख्य उदेश्य भएकाले उक्त उदेश्यअनुरुप सहकारीहरु सञ्चालित हुनु पर्ने पोखरेलको भनाई थियो । सहकारीहरु अब एकिकरण प्रक्रियामा गई सामुहिक लगानीमा जोड दिई बेरोजगार संख्यालाई रोजगार उन्मुख गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा दुग्ध विकास वोर्ड वागमती प्रदेशका उपाध्यक्ष टिका बल्धब सापकोटा, पाँचखाल नगरपालिका सहकारी विभागका अधिकृत ईश्वर प्रसाद अधिकारी, सहकारी सञ्जाल पाँचखालकी संयोजक विद्या लक्ष्मी देउजा, स्वच्छा बचत तथा ऋण सहकारीका अध्यक्ष ओमकार श्रेष्ठ, ग्रामिण महिला विकासकि अध्यक्ष सरस्वती चिमोरिया,आर्थिक विकास तथा मित्र बचत सहकारीका अध्यक्ष सरोज सापकोटा, सोहि साकोसका प्रवन्धक ठाकुर नाथ अधिकारी लगाएतका बयक्तिहरुले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७÷७८को अध्यक्षको प्रतिबेदन अध्यक्ष केशब प्रसाद काफ्लेले वार्षिक प्रतिबेदन सचिब सरोज न्यौपाने र आर्थिक प्रतिबेदन कोषाध्यक्ष विमला शर्मा अधिकारीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड ४७ लाख निक्षेप हिसाब ९ करोड १९ लाख २७ हजार, ऋण लगानी ९ करोड १७ लाख १९ हजार, खुद नाफा ५१ लाख ४९ हजार रहेको जनाएको छ । संस्थामा कुल शेयर सदस्य १ हजार ४ सय ५१ रहेको र कार्यक्रममा बृद्धबद्धा सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान, असल बचत कर्ता, ऋणीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले रासनायीक मल खरीद विक्री गरिएको, पशुआहार दना तथा ढुटो, कृषि यन्त्र कार्यक्रम जस्ता सञ्नालन गरिएको बताईएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पुश्कर ढकालले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष केशब प्रसाद काफ्लेले गर्नु भएको थियो ।









