नाला/प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रधानमन्त्री परिषद सभाकक्षमा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा प्रथम राष्ट्रीय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको अध्यक्षतामा समारोह सँचालन भएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशी, गृह मन्त्री बालकृष्ण खाँण, सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, ज्येष्ठ नागरिक महासँघ राष्ट्रीय अध्यक्ष छत्रबहादुर प्रधान, महिला आयोग अध्यक्ष, मन्त्रालयको सचिव, विभन्न आयोग तथा सघ सस्थाहरूका अध्यक्षहरू एबम प्रतिनिधिहरू, १७ जना ज्येष्ठ नागरिकहरू तथा अन्य आमन्त्रित भद्र भलादमीहरूको उपस्थित रहेको समारोहको समुदघाटन प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्री देउवा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रेग्मीले शताब्दी पुरुष सत्य मोहन जोशी र १७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नु भएको थियो
ऐतिहासिक समारोहमा ज्येष्ठ नागरिक संघ काभ्रे जिल्लाका अध्यक्ष सिद्दिबहादुर कर्माचार्य र उपाध्यक्ष मणिराज श्रेष्ठ पनि सम्मानित हुनुभएको थियो ।









