2026 May 03/ 12:08: 50am

अध्यक्षमा काँग्रेसका जितेन्द्र नकर्मी विजयी
    बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २४ औ बार्षिक साधारण सभाबाट जितेन्द्र नकर्मी निर्वाचित भएका छन् । दलिय गठवन्धनका आधारमा भएको निर्वाचनमा एमाले बाहेकका दलहरुको समिकरणबाट नेपाली काँग्रेसका जितेन्द्र नकर्मी थोरै मतान्तरले बीजयी भएका हुन् । एमाले एक्लैको ८८ मत रहेको जिल्ला बचत संघमा नेपाली काँग्रेस, नेकपा समाजबादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र केहिको समेत गरी १ सय ३ मत प्राप्त भएको थियो । एमालेका उदयराम कायश्थ १५ मतले पराजित भएका थिए । 
    उपाध्यक्षमा एमालेका सागरनाथ कपाली निर्विरोध निर्वाचित भए । गठवन्धनका प्रदिप थापाले उम्मेदवारी फिर्ता लिए पछि उनि निर्विरोध भएका हुन् । महिला उपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मला श्रेष्ठ एमालेकी तिर्थमाया प्रधानलाई हराउँदै विजयी भईन् । सचिवमा नेपाली काँग्रेसका सुरेन्द्र पौडेल एक मतले विजयी भए । उनले नेकपा एमालेका युवा नेता जेन लामालाई पराजित गरेका थिए । पौडेलको ९५ मत प्राप्त भयो भने लामाले ९४ मत प्राप्त गरे । एमालेका केहि मतदाता धार्मिक यात्रामा रहेकाले मतदानमा सहभागि हुन सकेनन् । त्यहि कारण केहि उम्मेदवारले झिनो मतले पराजय ब्यहोर्नु परेको थियो । कोषाध्यक्षमा नेपाली काँग्रेसका जीवन श्रेष्ठ विजयी भए । एमालेका उपेन्द्र हुमागाईले सम्मानजनक मत ल्याउँदा नेकपा समाजबादीका हरिगोपाल प्रधानाङ्गले लज्जासजनक मत ल्याए । प्रधानाङ्गको ५ मत मात्रै आएको थियो । सह सचिवमा दुबै समुहका विकास बादे निर्विरोध भए । बुद्धरत्न मानन्धरले उम्मेदवारी फिर्ता लिए पछि उनि निर्विरोध भएका थिए । 
    त्यस्तै संचालक सदस्यमा नेपाली काँग्रेसका रुसन श्रेष्ठ, बालकृष्ण दाहाल, गणेशकुमार तामाङ, ज्ञानु दाहाल निर्वाचित भए । नेकपा एमालेबाट विनोद सापकोटा, रमेशप्रसाद न्यौपाने र सत्यदेवी भट्टराई निर्वाचित भए । माओवादी शुन्य भयो । नेकपा एमालेका रमेशप्रसाद न्यौपानेले काँग्रेससँग साँठगाँठ गरी एमालेकै उम्मेदवारलाई मत नदिएको चर्चा छ । उनि आसन्न एमालेको १० औ जिल्ला अधिबेशनमा धुलिखेल नगरपालिका वडा नम्वर ८ बाट अधिबेशन प्रतिनिधिका रुपमा निर्विरोध चयन भएका छन् । गाउँमा एमाले न्यौपाने सहकारीको निर्वाचनमा पनि एमालेकै समहुमा थिए । तर पत्रकार महासंघको निर्वाचनमा हरेक वर्ष उनि नेपाली काँग्रेससँगको साँठगाँठमा उम्मेदवार बन्ने गरेका छन् । अघिल्लो पटक महासंघमा उपाध्यक्षमा विजयी हुँदा पनि न्यौपाने नेपाली काँग्रेस निकट प्रेस युनियनबाट उम्मेदवार बनेका थिए । यो पटक पनि प्रेस युनियनकै टिममा सहभागि भई एमाले निकट प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार बनेका नवराज बजगाई हराउ अभियानमा सक्रिय थिए । अवसर पाउँदा सबै पार्टीका हुन् भन्न चाहने न्यौपानेलाई यो पटक पनि त्यसरी नै मत मागिएको काभ्रे टाईम्सले जानकारी दिएको छ । 
    त्यस्तै लेखा समितिको संयोजकमा एमालेका शिव आचार्य निर्विरोध भएका छन् । सदस्यमा एमालेका पुष्पराज कोईराला विजयी भए भने एमालेको कोटाबाट दिपेन्द्र श्रेष्ठ विजयी भएका थिए । एमालेका कुमार मैनालीले गठवन्धनबाट उठेर पराजय ब्यहोरे । एमालेका भएका कारण उनलाई गठवन्धनकाले मत दिएनन् । दिपेन्द्रलाई दुबै समुहको मत प्राप्त भयो ।