2026 May 02/ 11:54: 22pm

    बनेपा/महाकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपाको २० औं बार्षिक साधारण सभा जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष रोशनी बम्जन गिरीको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोटेले सहकारीहरुले बचत र ऋणको कारोवार मात्रै नगरी बहुउद्देश्यीय कारोवार मार्फत सदस्यहरुको जीवनस्तर उकास्नु पर्ने बताउनु भयो । सहकारीको माध्यमबाट उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताउँदै उपाध्यक्ष पोटेले सदस्यहरुको हित सर्वाेपरी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष एवं जिल्ला न्याय क्षेत्र समन्वय समिति काभ्रेका सदस्य मोतीराम तिमल्सिनाले सहकारीहरुले सदस्यहरुको पैसा लिएर ऋण लगानी मात्रै नगरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताउनु पर्ने बताउनु भयो । 
कार्यक्रममा राधाकृष्ण सहकारीका अध्यक्ष कमल अधिकारीले सहकारीहरुले सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनु भयो । अध्यक्ष रोशनी बम्जन गिरीले सहकारीले सदस्यहरुको हितमा काम गरी आयआर्जनका लागि सहयोग गरिरहेको बताउनु भयो । सहकारीले साँढे करोडको कारोवार गरेको जानकारी गराउँदै प्रबन्धक सुनिलराज गिरीले आगामी दिनमा सहकारीले शेयर सदस्यहरुका लागि आय आर्जन हुने खालका कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो । सचिव प्रकाश गौतम, कोषाध्यक्ष मिलन परियारले सहकारीको बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । १ हजार ५ सय ६६ शेयर सदस्य रहेको उक्त सहकारीको साधारण सभा संजोग श्रेष्ठले संचालन गर्नु भएको थियो ।