धुलिखेल/स्वस्थ सहर धुलिखेलको योजना तयारीका लागि समूह छलफल तथा सुकुटे बिचको स्वास्थ्य सेवा समीक्षा कार्यक्रम स्वास्थ प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ सेवा विभागका आपूर्ति ब्यबस्था महाशाखा प्रमुख डा. झलक गौतम, धुलिखेल नगरपालिकाका उप प्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाई, नगरपालिका अन्तर्गत शिक्षा, लेखा, राजश्व, भौतिक पूर्वाधार लगायतका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । धुलिखेललाई स्वस्थ सहर बनाउने अभियान कार्यक्रममा थप बल पुगेको स्वास्थ शाखाले जनाएको छ । जारी प्रतिबद्धता पत्रमा स्थानीय राजनीतिक दलहरुसँगको सहकार्य तथा जनप्रतिनिधिहरुको प्रतिवद्धता सहितको अपनत्व गराउने, स्वस्थ शहर अभियानलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय स्वास्थ्य सेवाको मुल प्रवाहमा समावेश गर्न पहल गर्ने, स्वास्थ्य वातावरण, नसर्ने रोग, पोषण तथा स्वास्थ्य प्रर्वद्धनका कार्यक्रमहरुमा जोड दिने, धुलिखेल नगरका शिक्षकहरुलाई विशेष स्वास्थ्य तालिम सहित स्वास्थ्य क्षेत्रमा प्रबद्र्धनात्मक तथा जनचेतनामूलक कार्यक्रममा सहकार्य गर्ने, समुदायका स्वास्थ्य सूचनाहरु एकीकृत गरी स्वास्थ्य सुचना केन्द्र सकृय बनाउने, स्वास्थ्य अनुसन्धानका लागि काठमाडौ विश्वविद्यालय तथा धुलिखेल अस्पताल तथा सरोकारवालासँगको समन्वयलाई जोड गर्ने, स्वस्थ शहर कार्यक्रममा स्वास्थ्यकर्मीहरुका लागि क्षमता अभिबृद्धि विशेष तालिम तथा उत्प्रेरणाका कार्यक्रम ल्याईने उल्लेख छ ।









